


अपराध नियन्त्रण गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहकार्य गर्न सहमत


-
-
पुस २३ गते, २०७७ - १४:१६

बलेवा । अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका हुन् ।
लागुऔषध नियन्त्रण, अवैध हातहतियार, विपद् व्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण, स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनको जाँच र सडक अनुशासन कायम, आपतकालीन रणनीति तथा सामाजिक अपराध नियन्त्रणलगायका विषयमा निर्णय भएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिए ।
“सिमाना जोडिएका जिल्लाबाट हुने अवैध र कानूनविपरीतका गतिविधिलाई अन्त्य पार्न नियमित भेटघाट हुन्छ”, उनले भने । उनले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र अलपत्र विकास निर्माणका कामलाई समेत तीव्रता दिन आवश्यक सहयोग आदानप्रदान हुने बताए । बैठकमा सहभागी सुरक्षा अङ्गका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन
दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि
तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...

प्रतिकृया लेख्नुहोस्:
- हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
- आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ