Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

काठमाडौं । सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो ।

आजको राजधानी दैनिकमा खबर छ - कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आईसीएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्र समेत गरिसकेको छ । कोभिड अस्पताल तोकिएकाले अन्य बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सबै अस्पतालले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैं नियमित प्रदान गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालले कोभिड र ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पताललाई परिपत्र गरेको छ ।

यस्तै, देशभर हाल २२७ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत १९७ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा पाँच जना आईसीयूमा रहेका छन् ।

बागमती प्रदेशमा ७१ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र सात जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १४ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयूमा उपचाररत रहेका छन् । यस्तै, देशभर एक हजार ६०८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेको छ ।

यस्तै, ३ हजार ५२५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेश एकमा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

देशभर बुधबार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । बुधबार ६ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ ।

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको छ । हाल ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । बुधबार थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies