


आफ्नो खोपको नेपालमा क्लिनिकल ट्रायल चलिरहेको भारतकाे झूटो दाबी


-
-
पुस २३ गते, २०७७ - ०७:५९

काठमाडौं । भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ – नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन्
गत आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको थियो । उक्त खोपको विकास बायोटेक र भारतको स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा गरिएको हो । कोभ्याक्सिनसँगै अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको एवं सेरम इन्स्टिच्युट अफ इन्डिया (सआईआई) द्वारा उत्पादित कोभिसिल्डले पनि भारत सरकारको नियामक निकायबाट आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।
यद्यपि दुवै खोपको प्रभावकारितालाई लिएर सुरुदेखि नै विवाद सुरु भएको थियो । विशेषगरी सरकारले यी खोपले अनुमति प्राप्त गर्नका लागि पेस गरेका क्लिनिकल ट्रायलको डाटा सार्वजनिक नगरेका कारण पनि आशंका प्रकट गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...खोपको सहज पहुँच कहिले ?
चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु
काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...

प्रतिकृया लेख्नुहोस्:
- आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
- कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
- दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
- लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
- सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे