Khabar Dabali Logo
  January 17, Sun

उत्तरी सीमा क्षेत्रमा हिउँमै सशस्त्रको गस्ती

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी

हुम्ला। चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले सीमा सुरक्षा गस्ती गरिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून् भनेर सुरक्षा गस्ती जारी राखेको सश्स्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले बताए । ‘हिउँ परिरहेको भए पनि नियमित गस्ती गरिरहेका छौँ,’ इन्स्पेक्टर केसीले भने ।

केही दिनदेखि लगातार परेको हिउँले नारालेक सेताम्य भएको छ । बाटोमा पनि बाक्लो हिउँ जमेको छ । तैपनि सशस्त्र टोली हिउँ छिचोल्दै उत्तरी सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । अहिले हिल्सा बिओपीमा २२ जना सशस्त्र प्रहरीको टोली छ । त्यस्तै, हिल्सामा होटेल कुरुवा १२ जना कामदार छन् । अरू सबै बेसी झरिसकेका छन् । हिल्सामा रहेको सीमा प्रहरी चौकी पनि कात्तिकमै सदरमुकाम सिमकोट फर्किएको थियो ।

हिल्सा नदी उत्तरको चिनियाँ क्षेत्रमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । त्यहाँ चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् । हिल्साको दक्षिणतिर नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको पाइपमा पनि हिउँ जमेको छ । जसले गर्दा सशस्त्रको टोली नदीको पानी प्रयोग गर्दै आएको छ ।

पुस २३ गते, २०७७ - ०७:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top