Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको हो ।

“समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूलशीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले ती गतिविधि पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “काउन्सिलले सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्दछ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies