Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘बञ्जी’मा जोडीको आकर्षण बढ्दो

पोखरा । अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।

पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भने, “निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उनी (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरेँ ” दवाडीले लामो समयको सपना श्रीमान्को साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताए । सँगै मुस्कुराइरहेका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए । “हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौँ”, सुवेदीले भने, “एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जाहुन्छ हामीले त्यो अनुभव हासिल गर्यौँ ।”

काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताए । उनले एक वर्ष अघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताए । “हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड–१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा ग¥र्यौँ”, बञ्जीको अनुभव सुनाउँदै सनिसाले भने, “ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उहाँको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ ।”

बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी (टेन्डम) सङ्ख्या बढिरहेको बताए । “हामीले शुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन शुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ । शुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी (रातिमा गर्ने) ग¥र्याँै भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम शुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ ।” उनले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताए । “एक अर्को साथी जोसँग पनि जम्प गर्न सकिन्छ दाजुबहिनी, श्रीमान् श्रीमती, दिदीबहिनी, दाजुभाइ, दुई साथी सबैले गर्न सक्छन् ।”

पोखरा सुन्दर शहर विदेशी पर्यटकको आर्कषक गन्तव्य भए पनि साहसिक खेल त्यति नभएकाले गोल्छा अर्गनाइजेशनले सन् २०१० मा जीपलाइन निर्माण गरी सन् २०१२ मा शुरु गरेको थियो भने त्यसको दुई वर्षपछि जीपलाइनको ‘डाउन स्टेशन’मा उक्त कम्पनीले बञ्जी टावर निर्माण गरेको हो । बञ्जीमा नेपालको पहिलो टावर बञ्जी एशियामा पहिलो व्यावसायिक टेन्डम भएको प्रबन्धक महर्जनको दाबी छ ।

टेण्डम बञ्जीको अवधारणाबारे महर्जनले भने, “शुरुमा अलि रिस्क हुन्छ कि भन्ने सोच्यौँ, दुई जनाको जम्पमा बाउन्स गर्दा ठोकिन्छ कि भन्ने लागेको थियो तर लामो समय परीक्षण गरेपछि सुरक्षित हुने ग्यारेन्टी भो अनि सञ्चालनमा ल्यायौँ ।” उहाँले दुई जना जम्प गर्दा गफ गर्नसमेत मिल्ने भएकाले एक्लै डराउनेका लागि जोडी बञ्जी उपयुक्त हुने बताए ।

उनका अनुसार बञ्जी युरोपका ल्याटभियाको पे्रmन्चाइज हो । इयु स्टान्डर्टको सामग्रीको प्रयोग गरिएकाले सुरक्षित र भरपर्दो हुने उनको भनाइ छ । ल्याटभियाकाको जम्प मास्टर नेपाल प्रत्येक ६र६ महिनामा दुईरदुईजना आएर तीन वर्ष तालीम प्रदान गरी सर्टिफाइड गरेका दक्षजनशत्तीले अहिले बञ्जी गराउने गरेका छन् ।

पोखराको सुन्दरतामा लोभिने र साहसिक खेलमा रुची राख्नेका लागि बञ्जी र जीपलाइन बरदान सावित हुने गरेको उनले बताए । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखि बन्द भएको कम्पनी असोज १९ देखि पूर्ण सञ्चालन गरेको थियो । कम्पनीका अनुसार असोज १९ देखी पुस १६ सम्म एक अजार २३० जनाले सहासिक खेल बञ्जी जम्पको मज्जा लिएका छन् भने करिब ७० प्रतिशत टेण्डम (जोडी) छन् । त्यसमा पनि ९० प्रतिशत नवविवाहित जोडीहरु छन् ।

साहसिक खेल प्रवद्र्धनका अभियानकर्मी विष्णुकान्त घिमिरे पछिल्लो समय धेरै युवापुस्ताले बञ्जी जम्पको भिडियो टिकटकमा पोष्ट गर्न थालेपछि पनि यसको ‘क्रेज’ झन् बढ्दै गएको सुनाए । “अहिले साहसिक खेलमा रुचि राख्नेहरुसँगै सामाजिक सञ्जाल टिकटकलगायत एक अर्काको अनुभवले बञ्जी गर्नेलाई लोभ्याइरहेको छ ।” उनले यस्ता गतिविधिले साहसिक खेलको प्रवद्र्धनमा सघाउ पु¥याएको बताए । उनका अनुसार अहिले नेपालमा भोटेकोशी पोखरा र कुश्मामा गरी तीन ठाउँमा बञ्जी सञ्चालनमा रहको पोखरा रातो पैह्रो बञ्जी निर्माण प्रक्रिया सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies