Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु. २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका हुन् ।

शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गरेको अध्यक्ष शिरीषले बताए । महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताए ।

बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासङ्घलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे । समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ । शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासङ्घप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताए ।

भवन निर्माणदेखि महासङ्घका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उनको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासङ्घको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो । रु एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैङ्कसँगको सहकार्यमा महासङ्घले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies