Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा काठमाडौं, वायुमण्डलमा भएका धुलोका कण सतहमा थिग्रिए

काठमाडौं। सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण, वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

उनीहरूका अनुसार मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ ।

एक्युआई तीन सय नाघेमा एक वर्षका लागि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोमबारको अभिलेखअनुसार एक्युआई विराटनगरमा दुई सय ५०, नेपालगन्जमा दुई सय २७, दाङमा एक सय ५२, ललितपुर भैंसेपाटीमा चार सय तीन, हेटौँडामा एक सय ६३, भक्तपुरमा दुई सय ७७, पोखरामा एक सय ९४, महेन्द्रनगरमा एक सय ९२ र काठमाडौंमा चार सय ८७ थियो । सोही अवधिमा कजकस्तानमा दुई सय ९६, भियतनाममा दुई सय ४१, ढाकामा दुई सय तीन मापन गरिएको छ । यो तथ्यांकबाट पनि काठमाडौंमा एक्युआई उच्च देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा १६ असोजमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षा नभएकाले वायु प्रदूषण गराउने कण सतहमै थिग्रिएका छन् । १६ असोजमा पनि १५ मिलिमिटर मात्र वर्षात् भएको थियो, जुन एकदमै कम हो ।

नेपालको पश्चिमी भेगबाट भित्रिएको वायुका कारण पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भएकाले एक्युआई सन्तुलनमै छ । तथापि, वर्षा र हिमपात नभएका सबैजसो स्थानमा एक्युआईको स्तर सामान्यभन्दा बढी पाइएको छ । भौगोलिक अवस्थाका कारण अन्य स्थानमा एक्युआई बढ्नुलाई धेरै खतरनाक मानिँदैन ।

किनकि, काठमाडौं उपत्यकाबाहिर हावा चलिरहन्छ । काठमाडौंमा जब हावाको बहाव कम हुन्छ, वायु प्रदूषण पनि उच्च रहन्छ । मौसमविद्का अनुसार उपत्यकामा एक्युआई कम हुन वर्षात् हुनुपर्छ, हावा चल्नुपर्छ या घाम लाग्नुपर्छ । पछिल्ला दिनमा उपत्यकामा न त वर्षात् भएको छ, न हावा चलेको छ, न घाम नै पर्याप्त मात्रामा देखिएको छ ।

मौसमविद् ऋषिराम शर्माका अनुसार दुई दिनदेखि घाम नलागेका कारण उपत्यकाको सतह चिसो छ र हावा नचलेका कारण वायुमण्डलबाट धुलोका कण पनि उपत्यकाबाट बाहिरिन पाएका छैनन् । सोही कारण सतहमा रहेको प्रदूषण सतहमै रोकिएको छ । ‘दुई दिनसम्म घाम नलागे पनि काठमाडौंमा न्यूनतम तापक्रम भने घटेको छैन, बरु पहिलेभन्दा बढेको छ,’ मौसमविद् शर्मा भन्छन् ।

१६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव आठ डिग्री मापन गरिएको थियो, जुन मंगलबार नौ डिग्री सेल्सियस छ । तापक्रम बढेसँगै काठमाडौंको वायु प्रदूषण पनि ह्वात्तै बढेको शर्मा बताउँछन् । उनका अनुसार मंगलबार सतहभन्दा वायुमण्डलको तापक्रम बढी छ । यस्तो अवस्थामा उद्योगधन्दा, सवारीसाधन र आगो बालेर निस्केको धुवाँलगायतबाट निस्केका प्रदूषित कण सतहमै जम्मा भएर बस्छन् ।

वर्षात् या बादल फाटेमा मात्र एक्युआईमा सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि बादल हट्ने सम्भावना छ । र, घामका किरण सतहमा पर्याप्त मात्रामा आएर प्रदूषणको मात्रा कम हुने अनुमान छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies