


निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत


-
-
पुस २१ गते, २०७७ - १९:२२

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ ।
आयोगका अनुसार उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहनेछ । समितिले उक्त कार्य आगामी माघ १७ गतेसम्म सम्पन्न गर्ने गरी कार्यतालिकासमेत स्वीकृत गरिएको छ । उक्त सिफारिस समितिमार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकाले त्यसमा सहयोग पु¥याउन सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालासँग आयोगले अपिल गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगले...प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित...बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन...सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...

प्रतिकृया लेख्नुहोस्:
- निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो
- प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
- ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
- स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
- हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य
- देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
- आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
- नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
- सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
- माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
- दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी