


भन्सार छली ल्याइएको गाडी र कपडा बरामद


-
-
पुस २१ गते, २०७७ - १५:३३

टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए । ‘‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’’, शाहले भने, ‘‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायँसमेत हुन सक्ने व्यवस्था छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...
