


जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा


-
-
पुस २१ गते, २०७७ - १४:५९

एटलान्टा । अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ ।
यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ ।
अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लीकन र डेमोक्रेट दुबैले सबैभन्दा बढी रकम खर्च गर्दैछन् ।
निर्वाचन अधिकारीहरुका अनुसार मतदान स्थानीय समय अनुसार मंगलबार बिहान ७ बजेदेखि शुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेका निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारहरुले ५० करोड डलर खर्च गरिसकेका छन् ।
रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीका हजारौं स्वयंसेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आह्वान गरिरहेका छन् । चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित जो बाइडेन दुबै सक्रियतापूर्वक लाग्नु भएको छ ।
एटलान्टामा आयोजित चुनावी सभामा बाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गरे ।
जर्जियामा रिपब्लीकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा छन् ।
गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...
