


संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी : मन्त्री मणि थापा


-
-
पुस २१ गते, २०७७ - १३:३५

जाजरकोट । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए ।
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, “कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा प¥यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।”
नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको धारणा राखे । नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता÷कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए । प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, “अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...

प्रतिकृया लेख्नुहोस्:
- तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
- वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
- फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
- प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
- स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
- ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
- प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
- भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
- ९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
- भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै