


कोशी करिडोरमा सात पुल निर्माण सम्पन्न हुँदै


-
-
पुस २१ गते, २०७७ - १०:४२

काठमाडौँ । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो ।
राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ । फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । उनले भने, “करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन् ।”
करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । त्यो ठाउँमा सामग्री नभएकाले डिपिआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनले भने, “निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।”
जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि शुरु गर्ने गरी अघि बढाएको जनाएको छ । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि रु दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- ३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह