


चार वर्षसम्मपनि बनेन दश अवतार मन्दिर, चैत मसान्तसम्म नसके कालो सूचीमा राख्ने चेतावनी


-
-
पुस २० गते, २०७७ - १४:४९

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ ।
विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिक/सानुबाबु/एसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्नुपर्ने थियो ।
शुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनःनिर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए । केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनीयर लक्ष्मण लम्सालले जानकारी दिए ।
यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो । पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो । कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिई पुनःम्याद थपको माग गरेको थियो । निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनःनिर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ ।
चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारवाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउछन् । कानूनी कारवाही गरेर मात्र मन्दिर पुनःनिर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए। आइतबार महानिर्देशक उनले मन्दिर पुनःनिर्माणको अवलोकन गरेका थिए ।
तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ । रु तीन करोड ९२ लाख ७८ हजार ९०६ लागत अनुमान गरिएकामा रु तीन करोड ७५ लाख नौ हजार ८५५ मा ठेक्का गरिएको थियो । हालसम्म पुनःनिर्माणको ५४.४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । पछिल्लो समय काठ नपाएर पुनःनिर्माणमा समस्या आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
काठमाडौं । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सनसम्बन्धी हालको व्यवस्थामा...माधव र केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफुलाई...प्रदेश १ प्रदेशसभा बैठक, ओली र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ उपस्थित हुँदै
मोरङ । बुधबार प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि...पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...
