


बूढीगण्डकी तर्ने क्रममा १२ वर्षीय बालक बेपत्ता


-
-
पुस २० गते, २०७७ - १३:४४

गोरखा । चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।
सो दिन बिहान करीब १० ः ३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।
बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए । “काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ”, उनले भने, “छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो ।”
छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए ।बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
