Khabar Dabali Logo
  January 24, Sun

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाए। बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिए ।

जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाए। बलिङतर्फ त्रिविका लागि आयुश बानियाँले दुई विकेट लिए।

यस्तै शनिबार नै अर्को खेलमा मवकानपुरले भक्तपुरलाई छ विकेटले हरायो । त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३५ दशमलव दुई ओभरमा १३६ रन बनायो । धिरज अधिकारीले ३६, प्रशान्त पण्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाए। बलिङतर्फ मकवानपुरका लागि रिजन ढकालले तीन तथा पियुष शर्मा र विशाल फुँयालले दुई–दुई विकेट लिए।

एक सय ३७ रनको विजय लक्ष्य मवकानपुरले २८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तक्षक सिम्खडाले ६४ तथा विशाल फुँयालले २२ रन बनाए। बलिङतर्फ भक्तपुरका सुवास खत्री र सुसान श्रेष्ठले दुई–दुई विकेट लिए।

पुस १९ गते, २०७७ - ११:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...   

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...   

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top