Khabar Dabali Logo
  January 25, Mon

अदालतले संसद् विघटनको पक्षमा फैसला दिनेमा विश्वस्त छौं : गृहमन्त्री बादल

काठमाडौँ । नेकपा (ओली पक्ष)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले सर्वोच्च अदालतले संसद् विघटनको पक्षमा फैसला दिनेमा विश्वस्त रहेको बताएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको काठमाडौं कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले अदालतले यो कदमको पक्षमा आदेश दिनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुराको फैसला सर्वोच्च अदालतले गर्ने भएपछि त्यो कदम प्रतिगमन रोक्नका लागि साहसिक भएको थापाको भनाइ थियो । ‘संवैधानिक हो कि असंवैधानिक भन्ने अदालतले फैसला गर्ला तर यो कदम ठूलो राजनीतिक र साहसिक कदम हो । अदालतले यो कदमको पक्षमा आदेश दिनेमा विश्वस्त छौं, ‘उनले भने ।

आगामी चुनावमा विकासका साथै संघीयता, गणतन्त्र र राष्ट्रियताको एजेन्डा लिएर जनतामाझ जाने थापाको भनाइ थियो । जनताले नै स्थिर सरकार दिने र विभाजित कम्युनिष्टलाई एक बनाउने उनले धारणा राखेका थिए । वर्तमान संसद्ले स्थायित्व दिन नसकेकाले सही नीति लिएर संसद् विघटन गरिएको थापाले बताए ।

पार्टीबाट एक गुट अलग भएको भन्दै थापाले संसद् विघटन गर्नुको कारक पनि सोही गुट भएको आरोप लगाए । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेपछि ‘साहसिक कदम चाल्दै संसद् विघटन’ गरिएको थापाको भनाइ थियो ।

पुस १८ गते, २०७७ - १५:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...   

आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...   

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...   

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन

बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...   

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...   

ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top