Khabar Dabali Logo
  January 21, Thu

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा

काठमाडौं । कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ ।

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन । कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन ।

“भाषा परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौँ भन्ने जानकारी आएको छ”, शाखाका निर्देशक इन्द्र गौतमले भने, “लिखित पत्राचार तथा छलफल भएर यो समयमा परीक्षा गर्ने भन्ने तोकिएको छैन ।” यसघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो । यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ ।

कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ । यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पिबिटी) परीक्षा हुँदै आएको थियो । यसपटकदेखि पिबिटी नगरी सिबटी परीक्षा गर्ने जानकारी आएको उनले बताए । “पिबिटी नगरी सिबिटी परीक्षा गर्ने औपचारिक निर्णय भइसकेको अवस्था होइन्”, निर्देशक गौतमले भने, “पिबिटी परीक्षामा पनि डेस्कटपभन्दा पनि ‘ट्याब’बाट अनलाइन परीक्षा लिने गरी तयारी गरिएको बुझिएको छ ।”

कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ । सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ । परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ । कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम भइरहेको छ ।

अबदेखि पिबिटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ । “यो मितिमा परीक्षा गर्ने भन्ने छैन तर अब परीक्षा हुँदा ट्याबबाटै हुने कुरा छ”, उनले भने, “त्यहीअनुसारको पूर्वाधार तयारीको काम चल्दै छ, सिबिटीबाट परीक्षा सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको छ ।”

कोटा छुट्टयाउन बाँकी

दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ । कोरियाले गत वर्षको तुलनाका आप्रवासी कामदारको कोटा केही कटौती गरेको भन्ने खबर सावर्जनिक भए पनि औपचारिकरुपमा इपिएस कोरिया शाखालाई जानकारी आएको छैन । देशगतरुपमा कामदारको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिए।

कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ । “कोभिड–१९ पछि नेपाली पठाउने क्रम रोकिएको छ”, उन “नेपाल तथा कोरियामा पनि ‘लकडाउन’ थियो, हवाई उडान बन्द थियो, त्यही कारण जान बन्द भएको हो ।” लकडाउन हटेर हवाई उडान नियमित भएपछि रोष्टरमा रहेका युवालाई कोरिया पठाउन पहल गरिरहेको उनले बताए ।

कोरियाले कोभिड पछाडि आफ्नो मुलुकमा स्वास्थ्य सुरक्षासम्बन्धी नियम परिवर्तन भएकाले सोहीअनुसार कामदार पठाउन भन्दै पत्राचार गरेको छ । “कोरोना बीमा, हवाई उडान, क्वारेन्टाइन, ४८ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्टलगायत शर्त पूरा गर्नुपर्ने विषय उल्लेख गरेर पत्र आएको छ”, उनले भने, “हामी सबै विषय सम्बोधन गर्न तयार छौँ भनेर पत्राचार गरिसकेका छौँ, तर कोरियाबाट स्पष्ट जानकारी आएको छैन ।”

नेपालले भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह पनि गरेको छ । “पास भएका सबै युवा कोरिया जाऊन् भन्ने हो”, निर्देशक गौतमले भने, “तर कोरियासँग भएको श्रम समझदारीको अवस्थाले त्यो देखिँदैन ।” कोरियासँगको श्रम समझदारी नवीकरणका समयमा नेपालले उक्त विषयलाई सम्बोधन गर्न औपचारिक आग्रह गर्ने पनि बताइएको छ ।

सन् २००८ देखि हालसम्म भाषा परीक्षा उतीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन् । कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन शुरु भएको थियो । अझै पनि भाषा परीक्षा पास गरे रोष्टरमा रहेका १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये छ हजार हाराहारी छनोटमा परिसकेका छन् । रोष्टर अवधि दुई वर्षको हुन्छ । दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरु कोरिया जान पाउँदैनन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ ।

नेपालबाट वार्षिक औषत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन् । सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् ।

पुस १८ गते, २०७७ - १५:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top