Khabar Dabali Logo
  January 26, Tue

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ ।

शाखाले कोभिड–१९ का समयमा कुनै पनि सञ्चारकर्मीलाई निष्कासन नगर्न, उनीहरुलाई समयमै तलब उपलब्ध गराउन सञ्चारगृहलाई आग्रह गरेको छ । शाखाका पूर्वअध्यक्ष स्व अशोक श्रेष्ठलगायत वरिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएका १० वटा पुरस्कार अधिवेशनमा वरिष्ठ पत्रकारलाई दिने निर्णय गरिएको छ ।

सञ्चार क्षेत्रको विकास तथा सञ्चारकर्मीको श्रीवृद्धिका लागि विभिन्न तालीमको व्यवस्था गर्दै आएको उक्त शाखाले बन्दाबन्दीका समयमा पत्रकारलाई सहयोग गरेको थियो । विपत्का समयमा पत्रकारलाई आर्थिक साहयता गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा हाल रु दुुई लाख सङ्कलन भएको र केही बिरामी सञ्चारकर्मीलाई त्यसबाट सहयोग गरिएको अध्यक्ष विडारीले जानकारी दिए।

यही पुस १७ गते दिवङ्गत भएका वरिष्ठ पत्रकार चक्रपाणि नेपालको स्मृतिमा चाँडै पुरस्कार स्थापना गरिने उपाध्यक्ष सूूर्य सुवेदीले जानकारी दिए ।

पुस १८ गते, २०७७ - १३:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच...   

पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा...   

शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि...   

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनबिरुद्ध थप आन्दोलन...   

निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने

काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने...   

विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार...   
इञ्जिनीयरलाई अब परीक्षा लिएर मात्र इजाजत दिने

इञ्जिनीयरलाई अब परीक्षा लिएर मात्र इजाजत दिने

काठमाडौँ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई...   

उपत्यकामा १७ सहित देशभरि ६२ अस्पतालमा काेराेना खोप दिइदै, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको...   

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...   
लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top