


समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने


-
-
पुस १८ गते, २०७७ - ११:३६

काठमाडौँ । विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ ।
केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो । सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जाँदा तनाव बढेकाले समाजलाई आध्यात्मिकरुपमा डोर्याउन केन्द्रले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
व्यक्ति व्यक्तिका तनावले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने गरेकाले व्यक्तिलाई सकारात्मक बनाउन आध्यात्मिक शिक्षा, योग, ध्यानजस्ता गतिविधिलाई अघि बढाइनुपर्नेमा उनले जोड दिए । केन्द्रका अध्यक्ष ज्योत्स्ना राज्यलक्ष्मी थापाले समाजलाई आध्यात्मिकरुपमा डोर्याउन शिक्षा दिने उद्देश्यले धर्म, संस्कृति, अध्यात्मलगायत सकारात्मक भाव बोकेका पुस्तक राखेर पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिए । पुस्तकालयसँगै योग अभ्यास, प्राणायाम, ध्यान, भक्ति सङ्गीत लगायत गतिविधि गर्ने गरी साधारणसभाले नीति पारित गरेको पनि उनले बताए ।
पुस्तकालय स्थापनाका लागि केन्द्रले आध्यात्मिकलगायत सकारात्मक सन्देश दिने पुस्तक सङ्कलनसमेत शुरु गरेको छ । २२ जना आजीवन सदस्य रहेको केन्द्रको उद्देश्य मन पर्नेका लागि आजीवन एवं साधारण सदस्यता खुला गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
विसं २०३७ मा भारतस्थित ऋषिकेशका प्रसिद्ध आध्यात्मिक गुरु शिवानन्दले हाल केन्द्रीय कार्यालय रहेको स्थलमा नेपालेश्वर मन्दिर स्थापना गराएका थिए । मन्दिर स्थापना गराउन केन्द्रकी संस्थापक अध्यक्ष स्व भेष राज्यलक्ष्मी सिंहले शुरुमा १० आना जग्गा दान दिएका थिए । विसं २०३७ देखि नै नेपालेश्वरसहित राधाकृष्ण, हनुमानलगायत भगवान्को मन्दिरमा पुजारी राखी नित्य पूजा आराधनासमेत हुँदै आएको छ ।
विसं २०६८ मा संस्थापक अध्यक्ष सिंहले थप एक रोपनी जग्गा र त्यसमा बनेको साढे दुई तले घरसमेत केन्द्रका नाममा दान गर्नुभएको थियो । दाता सिंहले यहाँबाट आध्यात्मिक गतिविधि गरी समाजलाई अध्यात्म मार्गमा डो¥याउने उद्देश्यले घरजग्गा दान गरेकले त्यसअनुरुपका गतिविधि गर्न लागिएको केन्द्रका सचिव फणिराज सिलवालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै