Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

बनेपा । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो । धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए। “हामी कहाँ १५ दिन अगाडिदेखि सम्पर्क गरेर आउने पाहुना भएको कारण पछिल्लो समयमा आउनेको लागि ठाउँ व्यवस्थापन गर्न सकिरहेको छैन”, उनले भने, “यहाँका होटल हिजोआज भरिएका छन् ।”

धुलिखेल भट्टेडाँडामा रहेको होटल सारथीका सञ्चालक प्रल्हाद प्याकुरेलले आफ्नो होलटमा आउने पाहुनालाई सबै व्यवस्थापन गर्न नसकेपछि नजिकैको अरु होटलमा बुकिङ गरी राख्नुपरेको बताए। “अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै केही दिनदेखि होटल निकै भरिपूर्ण बनेको छ”, उनले भने, “अहिले पछिल्लो समयमा धुलिखेल आउन चाहनेका लागि फोन सम्पर्कमा आउने पाहुनाका लागि ठाउँको व्यवस्थापन गर्न असमर्थ भएका छौँ ।” धुलिखेलका सबैजसो होटल भरिभराउ भएको कारण पछिल्लो समयमा धुलिखेल आउन चाहने आन्तरिक पर्यटकले होटल बुकिङ गर्न नपाएको बताए।

धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहेका क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको बताए। “कोरोनाका कारण अहिले समय अलि प्रतिकूल रहे पनि विभिन्न क्षेत्रबाट धुलिखेल आउनेको सङ्ख्या निकै बढेको छ”, उनले भने, “समय त्यस्तै भएकाले केही आइएनजिओ र एनजिओमा कार्यरत बाह्य पर्यटकबाहेक धेरैजसो आन्तरिक पर्यटक रहेका छन् ।” पहिला नै बुक गर्ने र बुक नगरिकन आउने आन्तरिक पर्यटकको आगमन निकै बढ्दै गएको उनले बताए।

क्षेत्रीय होटल सङ्घ मानव संशाधन तथा तालीम व्यवस्थान समिति सदस्य मोहनबहादुर गजुरेलले नयाँ वर्षमा समूहमा रमाइलो र मनोरञ्जन गर्न शान्त वातावरणमा क्याम्प फायर गर्न आउनेको सङ्ख्या उल्लेख्य भएको बताए। “एकातिर काठमाडौँबाट नजिकको ठाउँ, अर्कोतिर वातावरण पनि चिसो र शान्त ठाउँ, कोलाहल नहुने प्राकृतिक मनोरम वातावरण भएको कारण पनि धेरैजसोको रोजाइको केन्द्र धुलिखेल भएको छ”, उनले भने, “झन पछिल्लो समयमा कोरोना महामारीका कारण घरमा नै खुम्चिएर बस्नुपरेको कारण मान्छेलाई कहाँ जाने होला भन्ने भइरहेको बेला अङ्ग्रेजी नयाँ वर्षमा घुम्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।”

लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । त्यससँगै स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको लागि भौतिक संरचनाको निर्माणसँगै पर्यटक लक्षित उद्यानको निर्माण र पैदल तथा साइकलयात्रीको लागिसमेत रुटको व्यवस्था गरेका कारण पर्यटकको सङ्ख्या बढ्दो छ । रमाइलो वातावरणसँगै होटलबाट बाहिर निस्केर केही समयमा हिँडेरै बजारक्षेत्रको माथि रहेको देवीस्थान डाँडामा गएर उद्यान क्षेत्रको आरामदायी बसाइसँगै हिमालय शृङ्खला तथा वरिपरिका प्राकृतिक दृश्य अवलोकन गरी आनन्द लिन पाउने र सुविधासम्पन्न प्रसस्त होटल भएकाले धुलिखेलको ख्याति बढ्दो छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies