Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राष्ट्रियसभा बैठक : बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने व्यवस्था छैन, कसले के भने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपालको संविधानमा विशेष अवस्थामा मात्र प्रतिनिधिसभा विघटनको व्यवस्था राखिएको बताएaका छन्। आजदेखि शुरु भएको राष्ट्रियसभाको आजको बैठकमा उनले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर गरे।

उनले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाबाटै सरकार गठनका विभिन्न विकल्प राखिएको बताउँदै पार्टीभित्रको समस्यालाई देशको समस्या बनाउन नहुने धारणा राखे ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले आफ्नो पार्टीले यस विषयमा धेरै नबोल्ने उनले बताए।

उनले कोरोना भाइरस सङ्क्रमणका क्रममा आर्थिक सङ्कटका अवस्थामा मध्यावधि निर्वाचन घोषणा हुनु मुलुकको हितमा नभएको बताए।

छिमेकी मुलुकबाट पछिल्लो समयमा भएको चलखेलले मुलुकको राष्ट्रियता बलियो नहुने पनि उनले बताए। उनले सरकारले आफ्ना विपक्षी नेताको फोन ट्याप गर्न लागेको भनी आएको समाचारका सम्बन्धमा जवाफ माग गरे ।

अध्यादेशमा संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राखिएको आरोप लगाउँदै उनले त्यसको खारेजीको माग गरे। उनले उखु किसानका समस्याको दिगो समाधानका उपाय खोज्न सरकारलाई सुझाव दिए । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र जनस्रोत नीतिका बारेमा सबै दल र सरोकार पक्षसँग छलफल गरेर साझा धारणा बनाउन पनि उनले सरकारलाई सुझाव दिए।

जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको कदम असंवैधानिक भएको जनाउँदै राष्ट्रपतिले यस विषयमा सुझबुझपूर्वक काम गर्न नसकेको आरोप लगाइन् । उनले प्रतिनिधि पुनःस्थापनाको माग पनि गरिन् ।

किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको, मुलुकमा भ्रष्टाचार बढेको र संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको आरोप लगाउँदै उनले त्यसको खारेजीको माग गरिन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies