


राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : प्रधानमन्त्री ओली


-
-
पुस १७ गते, २०७७ - १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन्।
नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे।
बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उनले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए । प्रधानमन्त्री ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्को दलमा भएका कारण विरोध गर्ने गरेको बताए।
उनले भने, “मानिसलाई उसले समृद्धिले मात्रै पुग्दैन, त्रास र असुरक्षा छ भने सुख हुँदैन, समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अधिकार पायो तर त्यसको प्रयोग गर्ने वा प्रतिभाको प्रस्फुटन हुने वातावरण नभए ऊ सुखी हुँदैन, हामी हरेक व्यक्ति सम्मानित जीवन जिउन पाओस् भन्ने चाहान्छौँ ।” उनले भ्रुणको अवस्थादेखि वृद्धावस्थासम्म सुखी र भयरहित जीवन बाँच्न पाउनुपर्ने भएकाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पारेर छाड्ने सङ्कल्प व्यक्त गरे ।
‘बलात्कारका घटना रोक्न के कस्ता प्रयास गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’ भन्ने एक बालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले यस देश र विश्वका सम्पूर्ण बालबालिका हाम्रो भोलिको भविष्य भएको उल्लेख गर्दै नारीहरु पूजिने ठाउँमा देवता पनि रमाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको सन्दर्भमा समाजले महिलालाई सम्मान र महत्व दिने गरेको बताए। उनले चेलीहरु दुव्र्यवहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरुलाई इश्र्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न पनि आग्रह गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...

प्रतिकृया लेख्नुहोस्:
- वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
- प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
- प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
- भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
- ९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
- भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
- माधव र केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ : अध्यक्ष नेपाल
- प्रदेश १ प्रदेशसभा बैठक, ओली र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ उपस्थित हुँदै
- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
- पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
- भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
- ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
- रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
- कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
- ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल