


कोभिड–१९ विरुद्धको खोप फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति


-
-
पुस १७ गते, २०७७ - १४:१७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।
बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् ।
कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।
डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताए ।
डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ ।
फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो । विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन
दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि
तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...
