Khabar Dabali Logo
  January 23, Sat

प्रचण्ड-नेपाललाई ओलीको प्रश्न: निर्वाचन घोषणा भएपछि पार्टी फुटाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटेको होइन केही साथीहरु अलग भएर गएको बताएका छन्। शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष गणतन्त्र र लोकतन्त्रका विरुद्ध लागेको आरोप लगाउँदै आफै पार्टी फुट्यो भनेर हिँडेको बताएका छन् । ‘पार्टी फुटेको होइन केही साथीहरु अलग हुनुभएको छ । आफै अलग्गिएर जानुभएको छ । निर्वाचन घोषणा भएपछि पार्टी फुटाउने ? ओलीले प्रश्न गरेका छन् । पार्टी फुटाएर दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन लाग्नुभएको छ । उहाँहरु समाजवाद उन्मुख बाटो भत्काउनेतर्फ लाग्नुभएको छ’ओलीको भनाइ छ ।

उनले प्रचण्ड-माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिस्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्,’ओलीले आग्रह गरे ।

‘मैले आफ्नै जिन्दगीमा पनि स-साना समूह तितरवितर भएका पार्टीहरूलाई एक गरेर आफैंले दुई तिहाइ ल्याएको अनुभव सँगालेको छु। जेलमा हुँदा पनि मैले कहिले आशा गुमाइनँ,’ ओलीले भने, ‘अहिले हाम्रा विचार महान् छन्, सही बाटो लिएका छौं। सशक्त संगठन र सक्रिय छौं। तसर्थ देशको अग्रगमनको यात्रा अगाडि बढ्छ, सहयोग पुर्‍याउनुस्।’

निराश जनता खतरनाक हुने भनाइ उल्लेख गर्दै उनले देशको अग्रगमन आशावादीता र आत्मविश्वासबाट बन्ने बताए।

पुस १७ गते, २०७७ - १४:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...   

जनताका घरदैलामा जान थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...   

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...   

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...   

मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...   

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...   

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...   

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...   

आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...   

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top