काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक, हिमाल आरोही तथा नेपाली पथप्रदर्शक, पर्यटकका सहयोगी एवं स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा तथा विपद्को समयमा आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हिमालयन उद्धार सङ्घ नेपालको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद धरेलले मानव जीवनको रक्षाका लागि ४७ वर्षदेखि उद्धारका क्षेत्रमा क्रियाशील सो संस्थाको भूमिकालाई आगामी दिनमा अझ विस्तार गर्ने जनाएको हो ।
सङ्घले हाल विदेशी पर्यटक, पथप्रदर्शक, तीर्थयात्री, स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र फेरिचे स्वास्थ्य चौकी, सगरमाथा उघार शिविरमा स्वास्थ्य क्लिनिक एवं गोसाइँकुण्डमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने उनको भनाइ छ । लेक लाग्ने रोग तथा पर्वतीय सुरक्षासम्बन्धी तालीम, प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्ने अध्यक्षले बताए ।
कार्यक्रममा पर्यटक विभागका महानिर्देशक रुद्रसिंह तामाङले हिमाल आरोहण तथा पर्वतीय पदयात्रामा जाने पर्यटकको जीवना रक्षामा सङ्घले पु¥याउँदै आएको सहयोग निकै प्रशंसनीय रहेको बताउँदै पर्यटक एवं तीर्थयात्रीको बढी आवातजजावत हुने मुक्तिनाथलगायत उच्च पहाडी भेगमा पनि स्थयीरुपमै उद्धार सेवा सञ्चालन गर्नुपर्ने धारणा राखे। सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्रदेव भट्ट र उपाध्यक्ष कुमार रानाभाटले पनि नेपालको पर्यटक प्रवद्र्धनमा सङ्घले पु¥याएको योगदान र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा बोलेका थिए ।
हालै सम्पन्न साधारणसभाले धरेलको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी तथा सदस्यहरुमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, पृथ्वी श्रेष्ठ, परशुराम कार्की, गोविन्द घिमिरे र यादव अधिकारी रहनु भएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: