


टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


-
-
पुस १७ गते, २०७७ - ०८:३४

काठमाडौं । टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन । पुल निर्माणका क्रममा सडक विभागअन्तर्गतको तत्कालीन आयोजना कार्यान्वयन इकाइले तेस्रोपटक म्याद थप गर्दा कार्यसम्पादन जमानत बराबरको रकम फुकुवा भई देशलाई एक करोड १४ लाख ७६ हजार घाटा भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
तत्कालीन आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृतद्वय श्यामबहादुर खत्री र नारायणबहादुर थापा तथा लेखापाल गिरिप्रसाद श्रेष्ठउपर जमानत बराबरको रकम असुल, कैद र जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको हो । म्याद थप गर्दा कार्यसम्पादन जमानत नवीकरणको प्रक्रिया पूरा नगरिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
त्यस्तै, ठेक्का पाउने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सञ्जय रौनियारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनी कम्पनीका मालिक हरिनारायण रौनियारका छोरा हुन् । हरिनारायणविरुद्ध गत वर्ष नै अख्तियारले मुद्दा चलाइसकेको छ । रौनियार सांसदसमेत हुन् । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । नेपालको निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन बदनाम छ ।
पुल बनाउने ठेक्का चिनियाँ कम्पनी एआइइसी–पप्पु जेभीले पाएको थियो । करिब २० करोडमा पुल निर्माण भएकोमा १३ करोडभन्दा धेरै भुक्तानी कम्पनीले लगिसकेको छ । डिजाइन अनुसारका सामान प्रयोग नभएको पाइएपछि पुल प्रयोगमा सडक विभागले रोक लगाएको थियो । कालिमाटी–टेकु क्षेत्रको जाम हटाउने उद्देश्यले पुल निर्माण भए पनि हालसम्म सम्झौताअनुसार काम नभएकाले प्रयोग गरिएको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...
