Khabar Dabali Logo
  January 20, Wed

हिमाली जिल्लालाई जोड्न यसरी छिचोलिँदै छ कर्णाली करिडोर

हुम्ला । हिमाली जिल्ला हुम्लालाई बाँकी देशसँग सडक सञ्जालमा जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ । गाउँनजिकै गाडी पुग्न थालेपछि हुम्लावासी खुसी भएका छन् भने बाँकी काम पनि सेनालाई दिन माग गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किलोमिटर सडकमा ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्र्याक खुलेसँगै गाडी गुड्न थालेका छन् ।

यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्लीसल्लासम्म ट्रयाक खुलेको बताए । ‘सल्लीसल्लासम्म एक सय २२ दशमलव ७५ किलोमिटर ट्रयाक खुलेको छ,’ इन्जिनियर समेत रहेका मेजर कार्कीले भने, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’

सेनाले एक सय २५ किलोमिटर ट्रयाक निर्माणको जिम्मा पाएको थियो । त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताए । ‘हामीलाई जिम्मा दिएको सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ, अब २२ सय मिटर बाँकी छ । त्यो पनि छिटै सक्छौँ,’ उनले भने ।

अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्रयाक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ‘सेना आफ्नो काम सकेर फर्किने तयारीमा छ । अब बाँकी काम पनि सेनालाई दिनुपर्छ,’ अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले भने, ‘ठेकेदारलाई जिम्मा दिए त यो काम पनि कैयौं वर्ष लाग्छ ।’

बाँकी १५ किलोमिटर सडकखण्डमा पनि सेनालाई नै ट्र्याक खोल्ने जिम्मा दिएमा एक वर्षभित्रै हुम्ला सडक सञ्जालमा जोडिने जनाइएको छ । बाँकी खण्डको काम पनि सेनालाई नै दिए एक वर्षभित्र पूरा हुने निर्माण कार्यदलले जनाएको छ । तर, त्यसको जिम्मा अहिलेसम्म सेनालाई दिइएको छैन ।

हुम्लावासी हर्षित
कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म ट्रयाक खुलेपछि गाडी गुड्न थालेका छन् । गाउँनजिकै गाडी आउन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । गाउँनजिकै गाडी देखेका अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले खुसी भएको बताए । कर्णाली चिसापानी हुँदै भारतमा मजदुरी गर्न जाँदा पहिलोपटक गाडी देखेको सुनाउँदै उनले भने, ‘भारत जाँदा गाडी चढेको हुँ । हुम्लामा गाडी चढ्न पाउँछु भन्ने सोचेको थिइनँ । अब गाउँमै गाडी चढ्न पाउने भएका छौँ ।’

गाउँमै गाडी गुडेको देख्दा सपनाजस्तै भएको अदानचुली गाउँपालिकाकै अदानकला महताराले बताइन् । ‘सिमकोट जाँदा भारी बोकेर हिँड्नुपथ्र्यो । अब भारी बोक्ने दुःख सकिएलान्,’ उनले भनिन् । बाँकी काम पनि सेनालाई नै दिनुपर्ने उनको भनाइ छ ।

चार पुल निर्माण
खुलालुदेखि सल्लीसल्लासम्मको सडकखण्डमा पर्ने खोला तथा नदीमा सेनाले चार पुल पनि निर्माण गरेको छ । कालिकोटको सन्नीघाट र फुघाटमा दुईवटा पुल निर्माण भएका छन् ।

यस्तैगरी, हुम्ला र बाजुराको कबाडी खोलामा बेलिबिज्र निर्माण सम्पन्न भएको सेनाको निर्माण कार्यदलका प्रमुख कार्कीले बताए । गल्फागाडमा पनि भर्खरै पुल निर्माण भएको छ । अहिले बाजुराको जुक्तीखोलामा पुल निर्माणाधीन अवस्थामा छ । त्यस्तै, सल्लीसल्लामा पनि एउटा पुल निर्माण गर्नुपर्ने भएको छ ।

पुस १७ गते, २०७७ - ०८:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुइँको टिप्दा न बादल, न वामदेव

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...   

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...   

आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...   
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...   

संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन

काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...   

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...   
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...   

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...   

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...   

कोभिड चिकित्सकमाथि आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top