Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चुनावले होइन अभावले छोएको छ

महोत्तरी । सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छै न । गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दैछौं ।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए । ‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने ?’

ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ । गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ ।

उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि । १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ । ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर (वरिपरि जम्मा भएर आगो ताप्ने) ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ ।’

नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो । बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै । पटक पटक भोट हालेर पनि दिन प्रतिदिन आफैंसँग पराजित हुँदै छन् ।

पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्याे । कुन पार्टीले राम्रो गर्ला ? कसले विकास गर्ला ? भन्ने चर्चा हुन्थ्यो । तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन् । ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन् ।’ फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन् । ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन् ।

‘यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें ।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन् ।

तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ । ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन् ।’

यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन् । ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ । ‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटक पटकको धोकापछि उनीहरू निराश हुन थालेका छन् ।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies