Khabar Dabali Logo
  January 19, Tue

अमेरिकामा कोरोनाभाइरसबाट एकैदिन झण्डै चार हजारको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ । यस्तै एकै दिन एक लाख ८९ हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सहित अमेरिकामा कूल संक्रमितको संख्या २ करोड नाघेको छ भने तीन लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ ।

अमेरिकाका एक जना अग्रणी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिएका छन् । उनले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताए।

अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ ।

यसैबीच, विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या ८ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ ।

भारतमा कूल संक्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ । तेस्रो बढी संक्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । एएफपी

पुस १६ गते, २०७७ - १४:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा

सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...   

ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...   

प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...   

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...   

यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...   

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...   

अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...   

बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...   

लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top