


७५ वटा खानेपानी योजना निर्माण चरणमा


-
-
पुस १६ गते, २०७७ - ११:५१

लमजुङ । विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् । खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् । ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट रु १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए ।
उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि रु ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि रु चार करोड ४६ लाख बजेट विनियोजन भएको छ । यी दुबै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुई वटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । रु ५६ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र रु ३३ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उलने बताए ।
त्यस्तै सङ्घ सरकारबाट बजेट थप भई आएमा यस वर्ष सङ्घ सरकारको २५ वटा योजना र प्रदेश सरकारबाट बजेट थप भईआएमा यसवर्ष प्रदेश सरकारको १२ वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ देखिको केही आयोजना बजेट अभावका कारण क्रमागतमा रहेको कार्यालयले जनाएको छ ।
आगामी चैत महिनासम्म बजेट थप भई आएमा लक्ष्य पूरा गर्न सकिने प्रमुख खनालले बताए । खाइपाइ आएका पुराना योजनालाई मर्मत, स्तरोन्नति र क्षमता अभिवृद्धि गर्दै उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको छ ।
सरकारको लक्ष्य अनुरुप प्रत्येक घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन् । केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत उपभोक्तालाई पानि खुवाउने लक्ष्य रहेको छ । जिल्लामा खानेपानीको समस्या विस्तारै हट्न थालेका छन् । यी योजना बेलैमा सम्पन्न भएमा भने अधिकांश जिल्लाका स्थानीयवासीका घरघरमा खानेपानीको धारा तथा पानी पुग्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...रेलमार्ग विस्तारमा अवरोध
विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए
बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
- ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज