Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सामुदायिक वनलाई दाउरा आपूर्तिमा समस्या

टीकापुर । चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको मागअनुसार दाउरा उपलब्ध गराउन समस्या भएको छ । अझै पनि घरायसी प्रयोजनमा इन्धनका रूपमा दाउराको प्रयोग गर्नेको सङ्ख्यामा कमी हुनसकेको छैन । अन्य मौसममा भन्दा जाडो मौसममा शहरीभन्दा ग्रामीण बस्तीमा दाउराको प्रयोग धेरै भइरहेको हुनाले यो समयमा दाउराको खपत बढ्दै गएको छ ।

चिसो मौसममा अधिकांशले इन्धन शक्तिका रूपमा दाउरा प्रयोग गर्दछन् । जाडो मौसममा दाउराबाट खाना पकाउनुका साथै ताप्नका लागि थप दाउराको आवश्यकता पर्ने भएकाले जाडो मौसममा दाउराको माग अधिक हुने गरेको शीतल सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए । “ग्यासको प्रयोगमा खाना पकाउनेहरू पनि चिसो मौसममा दाउराकै प्रयोग गर्छन्, दाउरा चिसोमा ताप्नका लागि पनि आवश्यक पर्छ”, अध्यक्ष ठकुल्लाले भने, “वर्षभरि दाउरा नकिन्नेहरू पनि जाडो मौसममा दाउराको माग गर्छन् तर हामीलाई उपभोक्तालाई दाउरा पुर्याउन कठिन छ ।”

शहरी क्षेत्रमा इन्धन स्रोत र शक्तिका रूपमा एलपी ग्यास, इलेक्ट्रिक वस्तुको प्रयोग गरे पनि ग्रामीण क्षेत्रमा त्यसको उपयोग न्यून मात्रामा हुँदा दाउराको माग घट्न सकेको छैन । गाउँघरमा मात्र होइन, शहरबजारमा पनि जाडो मौसममा ताप्नका लागि पनि दाउरा सबैलाई उत्तिकै आवश्यकता पर्ने गरेको ठकुल्लाको भनाइ छ । “दाउराको माग घट्नेवाला छैन, बर्सेनि माग बढ्दै गएको छ”, उनले भने, “त्यसैले वन संरक्षण, वृक्षरोपणजस्ता कार्यमा ध्यान दिन आवश्यक छ । वन पैदावार हामी सबैलाई चाहिन्छ ।”

खाना पकाउन, जाडो मौसममा बाल्न, ताप्नका लागि मात्र नभई आपत्विपत्, विशेष परिस्थिति, पूजापाठ, भैपरी आउने आवश्यकताका बेला सहजरूपमा काठ उपलब्ध हुनुपर्दछ तर दिनानुदिन दाउराको माग बढ्दै जाँदा यस क्षेत्रका सामुदायिक वनले पूर्ति गर्न सकेका छैनन् । विभिन्न सामुदायिक वनले वन समितिको निर्णयानुसार समय र आवश्यकताका आधारमा उपभोक्तालाई दाउरा वितरण गर्ने गरेका हुन्छन् । वनमा दाउराका लागि प्रयोग हुने उपलब्ध काठपातको व्यवस्था गरी वितरण भइरहेको शीतल सामुदायिक वनका सचिव रामबहादुर सेठ्ठीले बताए । “सधैँभरि दाउरा उपलब्ध गराउन सकिँदैन, चिसो समयमा बढी आवश्यक्ता हुने भएकाले वन समितिको निर्णयानुसार उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “उपभोक्ताका समस्या ध्यानमा राख्नु सामुदायिक वनको समेत जिम्मेवारी हो तर दाउरा सधैँ अभाव हुन्छ ।”

सामुदायिक वन भएकाले उपयोगितासँगै संरक्षण गर्नु वन समितिका पदाधिकारी र उपभोक्ताको दायित्व हो । वनमा दिनानुदिन दाउरा माग धेरै आउने भएकाले संरक्षित वनमा कटानी गरी दोहन मात्र नभई संरक्षणका लागि बर्सेनि वृक्षरोपण कार्य गर्न आवश्यक रहेको उनीहरू नै बताउँछन् ।

कैलाली जिल्लामा ५७६ सामुदायिक वन छन् । तीमध्ये महिलाले मात्र नेतृत्व गरेको ६४ सामुदायिक वन छन् । अझ पनि झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा नै छन् । चिसो मौसममा अधिकांश वनमा दाउराको अभाव भएको छ । “हरेक वर्ष दाउरा अभाव हुन्छ । सामुदायिक वनले वन संरक्षणसँगै वृक्षरोपणजस्ता कार्यमा ध्यान दिनुपर्छ”, संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाले बताए, ‘‘हरेक बगर, नदी किनार र सामुदायिक वनका हरेक खाली जमिनमा उपभोक्तालाई दाउरा उपलब्ध हुनसक्ने खालका बिरुवा रोप्न सामुदायिक वनले योजना बनाएर काम गर्नुपर्छ ।”

उपभोक्ता गीता कठरिया वन पैदावारजस्तै दाउरा, घाँस बढी महिलालाई चाहिने भएकाले महिलालाई एउटा रुख काटे पाँच रुख रोप्नुपर्छ भन्ने सिकाउन आवश्यक रहेको बताए । “सामुदायिक वनले बर्सेनि दाउरा बिक्री गर्ने तर वृक्षरोपणमा ध्यान दिएको देखिँदैन”, उनले बताए, “तर महिलाले नेतृत्व गरेका वन हराभरा छन् । हराभरा बनाउन सके पो भविष्यमा सहजै दाउरा पाइएला ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies