Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् ।

सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय शुरु भएका हुन् । जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् ।

पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापाले बताए । शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम÷रेडियो शिक्षण, भर्चुअल(जुम) शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।

एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन । “विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन”, थापाले बताए ।

महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो । रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ । “कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ”, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, “तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो ।”

केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्यले बताए । कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो । “विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो”, कर्मचार्यले भने, “सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।”

केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो । प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए । पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ । आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उनको छ ।

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ । कोरोनाका कारण अभिभावकले विद्यार्थी नपठाउँदा अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ । फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै रहेकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies