Khabar Dabali Logo
  January 17, Sun

विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन

चितवन । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले बताए, “विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो ।” विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो । विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्रसमेत गरेको छ ।

सबै विद्यालयलाई खाजामा एकरूपता ल्याउन नगरपालिकाले खाजासमेत तोकेर पठाएको छ । खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई दिउँसोमा दिइने गरिएको छ । उनले भने, “विद्यार्थीबीचको वर्गीय विभेदको अन्त्य, समानता, अपनत्व र सद्भावको विकास गर्न सकियोस् भन्ने उद्देश्य हो ।” विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदा १५ देखि २० प्रतिशतसम्म विद्यार्थीले विद्यालय छाडेको उनले जानकारी दिए ।

पुस १५ गते, २०७७ - १०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबार सार्वजनिक गरिएको  ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...   

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...   

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार...   

चिसोले जनजीवन झन्झन् कष्टकर बन्दै

महात्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको...   

पोल गाडेको दुई वर्ष बितिसक्दा पनि पुगेन बिजुली

कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग...   

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न...   

पाल्पाका किसानलाई बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन...   

वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा...   

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top