


लागुऔषध ब्राउन सुगरसहित सासू–बुहारी पक्राउ


-
-
पुस १५ गते, २०७७ - ०९:५०

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।”
लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको...दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी...चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...
