Khabar Dabali Logo
  January 28, Thu

‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’

काठमाडौं । अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको १८ लाख रुपैयाँ ऋण तिर्न सकेका थिएनन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – साहुकार र सहकारीको चर्को ब्याजको ऋणको दबाबमा रहेका उनी चिनी मिलबाट बक्यौता उठाइदिन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका लागि काठमाडौं आएका थिए ।

काठमाडौंको चिसोमा १६ दिनदेखि आन्दोलन गरेपछि सरकार र उखु किसानबीच २१ दिनभित्र बक्यौता उठाइदिने सहमति भयो । किसानले आन्दोलन फिर्ता लिए । तर, सरकारसँग उधारो सहमति गरेको भन्दै असन्तुष्ट नारायण राय यतिका दिन काठमाडौंमा आन्दोलन गर्दा पनि बक्यौता नउठेकोमा दबाबमा थिए । यहीबीच हृदयघातका कारण मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उनको ज्यान गयो ।

सरकारी तथ्यांकमा रहेको ६६ करोड २१ दिनमा भुक्तानी गर्ने सहमतिअनुसार आन्दोलन स्थगित गरेकोमा उनले फोनमार्फत असन्तुष्टि जनाएको सर्लाहीका प्रदेश सभा सदस्य केदारनन्दन चौधरीले बताए । ‘मलाई सोमबार साँझ फोन गरेको थियो । साथीहरूले आन्दोलन स्थगित गरेर राम्रो गरेनन् । सरकारले यसपटक पनि आश्वासन मात्र दिएको हो, पैसा दिलाउँदैन भनेर उनले चिन्ता पोखेका थिए,’ मंगलबार दिउँसो गंगालाल अस्पताल पुगेका चौधरीले भने ।

आफूले सरकारसँग सम्झौता भएको छ, पैसा पाइहालिल्छ, चिन्ता नगरी सुत्नु भने पनि उनले थप चिन्ता व्यक्त गरेको चौधरीले बताए । ‘बाँकी कुरा भोलि बिहान गरौँला भनेको थिएँ, तर बिहान यस्तो घटना हुन पुग्यो,’ चौधरीले भने ।

उनी काठमाडौं आएयता छिमेकी र आफन्तलाई फोन गरेर सबै पैसा लिएर मात्र गाउँ फर्कने कुरा गर्थे । काठमाडौं केन्द्रित आन्दोलनको दबाबका कारण उनले केही दिनअघि १ लाख ६० हजार रुपैयाँ चिनी मिलबाट आफ्नो बैंक खातामा जम्मा भएको थाहा पाएका थिए । उक्त कुरा उनले आन्दोलनको नेतृत्व गरिरहेका राकेश मिश्रलाई बताएका थिए ।

‘आइतबार दिउँसो माइतीघरस्थित आन्दोलनस्थलमै रायले डेढ लाख खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए । बाँकी पैसा नपाएसम्म आन्दोलन गर्नुपर्छ भनेर उहाँ (राय) उत्साहित हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘तर, आज बिहान दुःखद निधन भएको छ ।’

सर्लाहीका पीडित किसानहरूको नेतृत्वमा २८ मंसिरबाट माइतीघरमा आन्दोलन सुरु गरेका थिए । काठमाडौंकेन्द्रित आन्दोलनका बारेमा रायले दुई–तीन दिनपछि सञ्चारमाध्यमबाट थाहा पाएका थिए । त्यसपछि काठमाडौं आएर आफ्नो पनि ठूलो रकम बक्यौता रहेको भन्दै आन्दोलनमा सहभागी हुन आउने बताएका थिए ।

‘उहाँ हामीभन्दा २–३ दिनपछि मात्र आन्दोलनमा सहभागी हुन आउनुभएको थियो । अधिकांश किसान साथीहरूलाई गौशाला–पशुपति धर्मशालामा राखिएको थियो । उहाँ भने जोरपाटीस्थित कृष्ण मन्दिर आसपासमा बस्नुहुन्थ्यो,’ मिश्रले भने ।

रायको मूल पेसा नै उखुखेती हो । ४–५ वर्षदेखि मिललाई उखु दिए पनि त्यसबापतको पैसा नपाउँदा उनी मानसिक चिन्तामा रहेको उनका आफन्तहरू बताउँछन् । गाउँघरमै उनले चर्को ब्याजमा उखुखेती गर्न र घरव्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौंकेन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो ।

पुस १५ गते, २०७७ - ०८:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए

तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...   

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...   

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...   

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...   

घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...   
पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...   

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...   

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...   

विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...   

सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top