Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

११ महिनापछि कोरोना संक्रमण दर ओरालो

विज्ञहरू भन्छन्– पहिलो ‘वेभ’ सकिँदै छ, दोस्रो ‘वेभ’को उच्च जोखिम छ

काठमाडौं । कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पाेजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन् । तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०.७ प्रतिशतको मृत्यु भएको छ । सरकारले यसलाई संक्रमणपछिको उपचार पनि सन्तोषजनक भएको दाबी गरेको छ ।

भाइरसविज्ञ डाक्टर सन्तोष दुलालका अनुसार नेपालमा संक्रमणको पहिलो ‘वेभ’ अन्तिम चरणमा पुगेको छ । ‘पहिलो वेभबाट छुटकारा पाउने अवस्थामा पुगे पनि दोस्रो ‘वेभ’को उच्च जोखिम छ । त्यसैले सतर्कता कायमै राख्नुपर्छ,’ उनले भने । कतिपय मानिस परीक्षण गराउनै नगएको भए पनि सामान्यतया संक्रमण घट्दै गएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय पनि दोस्रो ‘वेभ’ नियन्त्रणको पूर्वतयारीमा जुट्न थालेको छ । ‘पहिला ‘वेभ’ नियन्त्रणमा आउन लागेको भए पनि दोस्रो ‘वेभ’ को जोखिम उत्तिकै छ । दोस्रो ‘वेभ’ आउन नदिन र आइहाले त्यसको व्यवस्थापन गर्न आवश्यक तयारीका कामहरू थालेका छौँ,’ स्वास्थ्यसचिव लक्ष्मण अर्यालले भने । उनका अनुसार पछिल्लो समय पाँच सय आइसियू र अक्सिजन जडित दुई हजार बेड थप्ने तयारी भएको छ । ‘यी काम सम्पन्न भए दोस्रो ‘वेभ’ आएको खण्डमा क्रिटिकल केयर व्यवस्थापनमा प्रभावकारिता देखाउन सक्छौँ,’ उनले भने ।

अस्पतालहरूमा संक्रमित बिरामीको चाप पनि घटेको छ । टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले ११ महिनापछि केही राहत मिलेको बताए । ‘विगतको अनुपातमा अस्पतालमा बिरामीको संख्या कम हुँदै गएको छ, धेरै पछि कामको लोड कम भएको छ,’ उनले भने ।

कोसी अञ्चल अस्पतालमा दैनिक एक सय जनासम्म ज्वरोका बिरामी आउने गरेकोमा हाल १० देखि १५ जना मात्रै आउने गरेको अस्पतालले जनाएको छ । त्यस्तै, कोभिड परीक्षणका लागि हरेक दिन चार सय नमुना संकलन हुने यो अस्पतालमा अहिले बढीमा ४० जनाजतिको हुने गरेको छ ।

चितवनस्थित भरतपुर कोभिड अस्पतालमा पनि बिरामीको संख्या घटेको छ । यहाँ ८० जनासम्म संक्रमित भर्ना भएका थिए, तर अहिले १० जना मात्रै भर्ना छन् । ‘दैनिक ४५ देखि ६० जनासम्म ज्वरोका बिरामी आउँथे, बढीमा १० जनासम्म आइरहेका छन्,’ अस्पतालका चिकित्सक डा. जगन्नाथ तिवारीले भने । कोभिड परीक्षणका लागि दैनिक चार सयसम्मको नमुना संकलन हुने यो अस्पतालमा अहिले ७० जनासम्मको भइरहेको छ ।

२६ मंसिरमा सात हजार चार सय १४ नमुना परीक्षण गरिँदा एक हजार ४४ जनामा संक्रमण देखिएको थियो । २७ मंसिरमा पाँच हजार दुई सय ४२ नमुना परीक्षण गरिएका थिए, जसमा आठ सय ९९ जनामा पजिटिभ देखिएको थियो ।

\"\"

त्यस्तै २ पुसमा ६ हजार पाँच सय ८८ नमुना परीक्षण गर्दा सात सय ७६ जनामा संक्रमण देखिएको थियो भने ८ पुसमा पुग्दा त्यो संख्या अझै घटेको थियो । त्यस दिन ६ हजार पाँच सय ५९ नमुना परीक्षण गर्दा सात सय ४३ जनामा संक्रमण देखिएको थियो । मंगलबार ६ हजार एक सय ३५ नमुना परीक्षण गरिएका छन्, जसमा सात सय आठजनामा संक्रमण देखिएको छ ।

हाल ६ जिल्लामा कोभिड केस शून्य छ । एकदेखि ५० केस भएका जिल्ला ५६ र ५१ देखि दुई सय केस भएका जिल्ला १५ छन् । पाँच जिल्लामा दुई सय एकदेखि पाँच सयसम्म संक्रमित छन् भने एक जिल्लामा मात्रै पाँच सयभन्दा बढी संक्रमित छन् । विगतमा ५१ देखि दुई सय सक्रिय संक्रमित भएका जिल्ला ६५ पुगेका थिए ।

भाइरसविज्ञ डा. सन्तोष दुलाल भन्छन्– पुनः संक्रमणको जोखिम उत्तिकै छ

संक्रमित भएर निको भएका व्यक्तिलाई पनि पुनः संक्रमणको जोखिम उत्तिकै हुन्छ । विभिन्न अध्ययनले यसको पुष्टि गरिसकेको छ । अप्रिलमा पहिलोपटक संक्रमण देखिएका अमेरिकाका एक व्यक्तिलाई मेमा फेरि संक्रमण भएको अनुसन्धानले देखाएको छ ।

ती व्यक्तिको भाइरसको आनुवांशिक अध्ययन गर्दा फरक–फरक भाइरस भएको पत्ता लागेको थियो । नेपालमा पनि धेरै मानिसमा पुनः संक्रमण भएको हुनुपर्छ, तर यहाँ भाइरसको आनुवांशिक अध्ययन गरिएको छैन । नयाँ भाइरसले पुनः संक्रमण गराएको हुन सक्छ ।

हाल बेलायतमा नयाँ भाइरस फेला परेको छ । त्यसको संक्रमण तीव्र अर्थात् अहिले देखिएको कोरोना भाइरसको भन्दा तीन गुणा बढी छ । बेलायत हुँदै जर्मनीसम्म पुगिसकेकाले त्यसलाई रोक्न धेरै देशले सुरुवाती चरणबाटै लकडाउन गर्न थालेका छन् ।

नेपालमा कैयौँ मानिस बेलायतबाट आइरहेका छन्, उनीहरूमध्ये धेरैलाई कोरोना संक्रमण देखिएको छ । राज्यले उनीहरूको निगरानी गरेको छैन । उनीहरूले अरूलाई सारेको अवस्थामा नेपालमा संक्रमणको दोस्रो ‘वेभ’ सुरु हुने खतरा देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies