Khabar Dabali Logo
  January 16, Sat

भूकम्पपछि २३ हजार निजी आवास र एक हजार कक्षाकोठा पुनःनिर्माण

वाग्मती । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन कार्यालय मकवानपुरले जनाएको छ । सम्झौता गरेकामध्ये ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।

जोखिम वर्गका ६१ घर पुनःनिर्माण

जोखिम वर्गका ६१ घर पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका २६ मध्ये २२ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्रमुख केपीले बताए । ६२७ लाभग्राही जोखिम वर्गमा परेको र पाँच हजार ५७५ जनालाई साविकै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए ।

भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माण

जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढेको, एशियाली विकास बैंकको ऋण सहयोगमा थप तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० का प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए ।

उनले विद्यालय व्यवस्थापन समितिमार्फत निर्माणाधीन रहेका २५२ विद्यालय भवनको ७९३ कक्षाकोठामध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको जानकारी दिए । यसैगरी जापानी सहयोग नियोग, जाइकाको ऋण सहयोगमार्फत निर्माणहुँदै गरेकामध्ये जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको प्रमुख पाठकले बताए ।

त्यस्तै एशियाली विकास बैंकको नमूना विद्यालयतर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको साथै तीन विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिमचरणमा पुगेको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २१७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको छ ।

विंस २०७२ गोर्खा भूकम्पपछि जिल्लामा निजी आवास, विद्यालय संरचनालगायतको पुनःनिर्माणमा उल्लेख्य प्रगति भएको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । शुरुका दिनमा केही समस्या देखिएको भए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धि हासिल गर्न सकिएको उनको भनाइ छ । उनले जिल्लामा अब बाँकी रहेका पुनःनिमाणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने बताए ।

पुस १४ गते, २०७७ - १४:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...   

भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...   
विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...   

निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...   

हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको...   

आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित...   

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...   
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...   

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...   

पाइपलाइनमा समस्या छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top