Khabar Dabali Logo
  January 26, Tue

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई गरी ९१८ जना रहेका छन् ।

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् ।

कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक एक जनाले रु ६० र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दशैँ खर्च रु ३००, जाडोको लुगा खरिद गर्न रु एक हजार ५२५,गर्मीको लुगाको लागि रु एक हजार ४०० अतिरिक्त प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका समस्या देखिने जनाइएको छ । दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरुको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी जीवन बिताउने बन्दीहरुको थप आयआर्जनका लागि उनीहरुले मुडा र टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरुले थप आयआर्जन गर्ने गरेको बताइएको छ । महिला कैदीलाई सीपको विकास गर्न उनीहरुलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।

कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरु मेहनत गर्न चाहेको र यसबाट उनीहरुले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।

कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम व्यक्तिहरु निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् । कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा जोखिम रहने र उनीहरुको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।

पुस १४ गते, २०७७ - १३:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल

सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...   

प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...   

बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...   

सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु

काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...   

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...   
गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...   

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...   
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...   

अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने

वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...   
चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top