Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

हेटौंडा । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।

भंगाहामा मेयर गोल्डकप फुटबल शुक्रबारदेखि

जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

उहाँले सो प्रतियोगिताका प्रथम विजेतालाई रु ५ लाख १, उपबिजेतालाई रु १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिए। प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ । सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ ।

पौडीपोखरीको मर्मत शुरु

राँझा– सञ्चालनमा नआउँदै जीर्ण बनेको नेपालगञ्ज पौडी पोखरीको मर्मत शुरुआत भएको छ । रु १९ करोडको लागतमा नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माण गरिएको सो पौडी पोखरीको नौ महिना अघि औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने निर्माण अधुरै रहेका कारण सञ्चालनमा आउन सकेको थिएन ।

सञ्चालन नहुँदा जीर्णावस्थामा पुगेको पौडी पोखरीको ट्रेक, सीसा, र प्याराफिट प्लास्टर गर्ने कार्य अहिले भइरहेको मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्दले जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीलाई कार्यालयले बारम्वार ताकेता गरेपश्चात मर्मत कार्य शुरु भएको हो । निर्माणको जिम्मा पाएको जोशी निर्माण सेवाले अहिले करिव रु। ७ लाख खर्च गरेर मर्मत सम्भार कार्य शुरु गरेको छ ।

“पौडी पोखरीको औपचारिक उद्घाटन भएपनि निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालन आउन सकेन”,उनले भने,“कार्यालयका तर्फबाट तीन पटकसम्म पत्र काटेपछि निर्माण कम्पनी मर्मत सम्भार गर्न तयार भएको हो ।” राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गत गत फागुन २२ गते पौडी पोखरीको औपचारिक रुपमा उद्घाटन गरेका थिए । यस लगत्तै मध्यपश्चिम खेलकुद विकास समितिले पौडी पोखरी सञ्चालनको लागि प्रयास गरेपनि प्राविधिक समस्या देखिएका कारण सञ्चालन हुन नसकेको कार्यालयका लेखा अधिकृत मिनबहादुर जिसीले जानकारी दिए । “सञ्चालन तयारी गर्दा गर्दै प्राविधिक समस्यासँगै कोरोना महामारीका कारण लकडाउन भयो त्यसपछि सञ्चालन हुनै सकेन”, उनले भने,“लामो समयसम्म सञ्चालन नहुँदा जीर्ण बनेको पौडी पोखरीको मर्मत सम्भार हुनासाथ सञ्चालन गर्ने तयारी भईरहेको छ ।”

वि।सं २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गर्नुभएको थियो । एक दशकपछि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना हुने भएपछि पौडी पोखरी निर्माणको काम अघि बढेको थियो । मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले नेपालगञ्ज जस्तो गर्मी ठाउँमा पौडी पोखरी निर्माणले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने छ । पौडी पोखरीमा एक पटकमा तीन सय पचास जनाले पौडी खेल्न सक्ने क्षमता रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies