


अदालतले संसद् विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छ : देउवा


-
-
पुस १३ गते, २०७७ - १९:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताएका छन् । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उनले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गरे।
सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भने, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”
अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उनको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उनले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताए । सभापति देउवाले भने, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनौ, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताए। सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।
अदालतले संसद् विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छ ः देउवा
काठमाडौं ।, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उनले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गरे।
सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भने, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”
अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उनको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उनले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताए । सभापति देउवाले भने, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनौ, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताए। सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...

प्रतिकृया लेख्नुहोस्:
- प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
- तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
- संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
- ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
- शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
- प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
- प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
- प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
- आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
- जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
- प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
- प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?