


छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि


-
-
पुस १३ गते, २०७७ - १५:०५

भजनी । गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन् ।
खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान आजित बनेका हुन् । ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी व्यर्थ गएको किसान रुपेश साउदले बताए । “वर्षात्मा बाढीले धानबाली नष्ट गर्यो । अहिले छाडा पशु चौपायाले”, रुपेशले भने, “कसरी परिवार पाल्ने ? घर खर्च कहाँबाट जोहो गर्ने ?” उनले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताएका छन् ।
भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको बताएका छन् ।
“हाम्रो समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन । हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका हुन्छौँ”, पाण्डेले भने, “तर चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन् । हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्छ ।” किसान नीरमाया डगौराले आफूहरुले लगाएको बालिनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको बताएका छन् ।
“हामीे वर्षभरी श्रम खर्च गरी खेतबारीमा मेहेनत गरी उत्पादन गर्छौं । तर चौपायाले गर्दा हामीले गरेको श्रम खेर जाने गरेको छ”, निरमायाले भने, “नगरपालिका छिटोभन्दा छिटो हामी किसानको समस्यालाई समाधान गर्नुपर्छ ।”
उनले किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको बताएका छन् । कृषिमा भएको आधुनिकीकरणले किसान आफैँले पालेका चौपाया छाडा छाड्ने गरेका छन् ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको छ । यो समस्या नगरपालिका एक्लैले समाधान गर्न सम्भव देखिएको छैन ।”
गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले बताए । उनले सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको बताउँदै गौशालामा करीब ३०० चौपाया व्यवस्थापन गरिएको बताए । “स्थानीय गाउँमा देखिने छाडा चौपाया गौशालामा लिएर आउँछन् । त्यसलाई हामीले यहाँ व्यवस्थापन गर्ने गरेका छौँ”, सचिव सलामीमगरले भने, “गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...

प्रतिकृया लेख्नुहोस्:
- भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
- कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त
- नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
- अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण