Khabar Dabali Logo
  January 27, Wed

ओली सरकारले विदेशी सेना प्रवेश गराउन संसद् भंग गरायो : नेता देव गुरुङ

कास्की । नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको बताएका छन् ।नेकपाको प्रचण्ड–नेपाल पक्षले कास्कीको पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणीसमेत गरेका छन् ।

नेता गुरुङले भने, ‘यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, विदेशी सैनिक प्रवेश गर्न सक्दैन, हस्तक्षेप गर्न सक्दैन र यो संसदले रोक्ने छ, त्यसकारण विदेशी सैनिक प्रवेश गराउन यो संसद भंग गराउन अनिवार्य छ । यही काम ओली सरकारले गर्यो ।’

उनले भने ‘मुलुक फाँसीवादको दिशातर्फ जाँदै छ । संसद् विघटन प्रधानमन्त्रीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी, फाँसीवादी चिन्तनको उपज हो । त्यो चिन्तनलाई विदेशी शक्तिकेन्द्रले क्यास गरे । तानाशाही र फाँसीवादी चिन्तन फेला पारेपछि साम्राज्यवादीलाई ‘फुटाउ र शासन’ गर्नका निम्ति ढुंगा खोज्दा देउता फेला परेको छ । यहाँको भूराजनीतिक परिवेशमा विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी प्लेग्राउन्ड बनाउने, विशेषगरी चीनको विरोधमा परिलक्षित गर्ने, चीनलाई घेराबन्दी गर्ने, तिब्बतलाई टुक्रयाउने र त्यसको लागि नेपाललाई शैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित छ ।’

गुरुङले भने ”चिनियाँ सरकार वा पार्टीको सन्दर्भमा हेर्ने हो भने नेपालको राष्ट्रिय स्वाधिनता प्रतिकूल हुने गरी अहिलेसम्म कुनै पनि परिघटना घटेको छैन । चीनसँग कुनै मुद्दामा विवाद भएको छैन । नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि प्रकारको हस्तक्षेप भएको छैन । नेपालको स्वाधिनता, लोकतन्त्रको रक्षाको निम्ति, आर्थिक सामाजिक विकासको निम्ती दुईपक्षीय सम्बन्धको हिसाबले हेर्ने हो भने एक प्रकारको आदर्शको रुपमा, नमुनाको रुपमा दौत्यसम्बन्ध रहँदै आएको अवस्था छ ।’

नेता गुरुङले भने ‘ऐतिहासिक रुपमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श, सदाशयता आदिको बारेमा प्रश्न उठाउनुको कुनै औचित्य छैन । नेपालको स्वाधिनताको सम्बन्धमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप समस्याको विषय हो, चीन होइन ।’

पुस १३ गते, २०७७ - १३:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...   

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...   

सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...   
इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...   
माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...   

भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...   
प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...   

दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...   

सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top