Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वातावरण, बाल तथा युवामैत्री बन्दै नमोबुद्ध

काभ्रे । नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा गठन भएको युवा परिषद्ले वातावरणीय दीगोपनाका लागि युवा परियोजना अन्तर्गत वातावरणीय अधिकार सम्बन्धबारे नीतिगत छलफल गरेको छ ।

नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा आइतबार भएको छलफलले वातावरण, बाल र युवामैत्री नगर बनाउने योजनालाई मूर्तरुप दिन नीतिगत व्यवस्थासहित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । नगरप्रमुख तिमल्सिनाले प्रदूषणजन्य उद्योगको विस्थापन, वातावरण संरक्षणका लागि प्रत्येक वडामा विभिन्न आयोजनाको सञ्चालन गरिएको र युवालाई नेतृत्व विकासमा सघाउन विगतमा शुरु भएको ‘को बन्छ प्रमुख’ कार्यक्रमलाई समेत निरन्तरता दिने बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले ‘वातावरण संरक्षणमा नगरपालिकाले एक वडा एक चौतारो, एक वडा एक पोखरीलगायतका योजना बनाएर कार्यान्वयन गरेको बताए । यस्तै नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वातावरण संरक्षणमा अन्य नगरको तुलनामा नमोबुद्ध नगरपालिका अगाडि रहेको दाबी गरे । नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले आगामी दिनमा नगरका युवा क्लबसँगको सहकार्यमा भौतिक विकाससँगै उद्यम विकासलगायतका क्षेत्रमा काम गर्ने बताए। ग्रामीण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले टिडिएच जर्मनीको सहयोगमा नमोबुद्ध नगरपालिकामा वातावरण संरक्षणका लागि तीन वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै त्यसलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने बताए। सो अवसरमा नगरपालिकाभित्रका २२ युवा क्लबमध्ये ढोकेपाटी जुनियर युवा क्लबलाई नगद रु पाँच हजारसहित सम्मान गरिनुका साथै युवा स्वयंसेवक सुजन तामाङलाई सम्मान गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies