Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाल टेलिकमसँग सहकार्य गरी इन्टरनेटको माध्यमबाट पठनपाठन गरेका बुढानीलकण्ठ स्कुललाई डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० प्राप्त

काठमाडौँ । नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा रहेका थिए ।

नेपालकै सबैभन्दा ठुलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा थुप्रै चरणमा गरेको मूल्याङ्कनका आधारमा उक्त अवार्ड घोषणा गरिएको हो । यही पुस ११ गते होटल सोल्टी क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड घोषणा कार्यक्रममा अनलाइन शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बुढानिलकण्ठ स्कुलले नेपाल टेलिकमसँगको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ ।

नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल व्यवस्थापन सफ्टवेयरको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।

स्कुलको प्रयासलाई लिभिङ विथ आइसिटी टिमले उच्च कदर गरेकामा खुसी व्यक्त गर्दै स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले अवार्डले स्कुल परिवारलाई थप हौसला र जिम्मेवारी प्राप्त भएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies