Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

साइबर अपराधको चक्रमा समाज : एक हजार ३२३ उजुरीमध्ये ७७९ जना महिला पीडित

बालबालिकामाथि पनि आपराधिक दृष्टि

काठमाडौं । चितवनकी ३० वर्षीय नविता शर्मा (नाम परिवर्तन) ले श्रीमानविरुद्ध साइबर ब्युरोमा दर्ता गरेको जाहेरी खोल्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको मथिंगल खल्बलियो । जाहेरीमा अन्तरंग क्रियाकलापका तस्बिर समावेश थिए, जसलाई नविताका श्रीमान रवि शर्मा (नाम परिवर्तन) ले आफै सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीका अनुसार रविले नक्कली मात्र नभई आफ्नै आइडीमार्फत पनि श्रीमतीसँगका अन्तरंग तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसका लागि उनले फेसबुकमा ग्रुप च्याट खोले । परिचित–अपरिचित सबैलाई त्यसमा जोडे । र, श्रीमतीसँगका अन्तरंग तस्बिर सामाजिक सञ्जाल र च्याटमार्फत पोस्ट गर्न थाले ।

‘सुरुमा घटना सामान्य होला भन्ने ठान्यौं । जब जाहेरीको फाइल खोल्यौं, चकित पर्‍यो । हुन पनि कतिपय दृश्य त यस्ता थिए, जसलाई सामान्य दिमागले सोच्नै मुस्किल पथ्र्यो,’ घटनालाई नजिकबाट नियालेका ब्युरो प्रमुख एसएसपी नवीन्दराज अर्याल भन्छन्, ‘नविता र रविका दुई सन्तान छन् । तर, उनीहरूका पिता रविले नवितासँगका अन्तरंग दृष्य भटाभट सामाजिक सञ्जालमा हाले । समाजमा यस्ता घटना पनि हुन्छन् भनेर पनि सोच्न पनि सकिँदैन ।’

प्रहरीका अनुसार रविले एक पटक होइन, वर्ष दिनसम्म यो क्रियाकलाप जारी राखेको अनुसन्धानबाट खुलेको छ । यसबीचमा नविताले यस्तो क्रियाकलाप रोक्न रविलाई पटक–पटक अनुनय विनय नगरेकी होइनन् । श्रीमानले नटेरेपछि उनले आत्महत्या गर्न खोजिन् । तर, स–साना सन्तानको भविष्यको चिन्ताले उनलाई आत्महत्याबाट रोक्यो । अनि श्रीमान्विरुद्ध जाहेरी बोकेर प्रहरी कार्यालय पुगिन् । रविलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो ।

एसएसपी अर्याल भन्छन्, ‘रविलाई पक्राउ गरेर बयान लियौँ । दुईबीच सामान्य मनमुटाव भएको पायौँ । सोहीकारण उनले त्यस्ता तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको बयान दिए । उनीविरुद्ध कानुनी कारबाही अगाडि बढेको छ ।’

छोरीविरुद्ध आमाको उजुरी
यस्तै, गत साता मोरङकी एक महिला छोरीविरुद्ध जाहेरी लिएर ब्युरो कार्यालय पुगिन् । सामान्य गालीगलौज ठानेर सुरुमा प्रहरीले जाहेरीलाई होल्डमा राख्यो । आमा–छोरीलाई कार्यालयमा डाकेर सम्झाइबुझाइ छाडिदिने पक्षमा प्रहरी थियो । तर, आमाले जसरी पनि छोरीविरुद्ध जाहेरी दर्ता गर्ने अड्डी लिइन् । धम्कीपूर्ण शैलीमा उनले प्रहरीलाई भन्न थालिन्, ‘जाहेरी दर्ता नगरे कार्यालयको भर्‍याङमै पासो लगाउँछु । र, त्यसैमा झुन्डिएर आत्महत्या गरिदिन्छु ।’

बिलखबन्दमा परेका प्रहरी अधिकारी जाहेरी लिन बाध्य भए । अनुसन्धानपछि खुल्यो– छोरीविरुद्ध जाहेरी बोकेर मोरङदेखि भोटाहिटीस्थित ब्युरो कार्यालयसम्म उनी धाउनुको कारण एउटा तस्बिर रहेछ, जुन विना स्वीकृति खिचिएको थियो । र, छोरीले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी रहिछन् ।

‘छोरीले विना स्वीकृति आमाको तस्बिर खिचेकी रहिछन् । सोही तस्बिर आमाले उनीसँग माग्दिरहिछन् । छोरीले भने नदिने रहिछन् । तस्बिर दुरुपयोग हुने शंकापछि आमा जाहेरी बोकेर हामीकहाँ आएकी रहिछिन्,’ एसएसपी अर्याल भन्छन्, ‘जाहेरी दर्ता गर्‍यौँ । तर, मुद्दा दर्ता गर्न अगाडि बढेनौँ । आमा–छोरीलाई अनावश्यक झन्झट किन बोकाउने भनेर दुवैलाई सँगै राखी सम्झाइबुझाइ गरेर घर पठायौँ ।’

अश्लील तस्बिर, भिडियो पठाउँदै प्रेमीले गरे बार्गेनिङ
थाइल्यान्ड बैंकक बस्ने मकवानपुरकी रविना शर्मा (नाम परिवर्तन) को तस्बिर एकाएक पोर्न साइटमा देखियो । लगत्तै अपरिचित फेसबुक आइडीबाट इन्बक्समा तस्बिर हटाउन एक हजार ९८ अमेरिकी डलर मागिएको सन्देश आयो । रविना तनावमा थिइन् ।

साइटमा अर्धनग्न तस्बिर मात्र होइन, भिडियो नै अपलोड भएको सन्देश पुनः इन्बक्समा आयो । दुवै हटाउन रकम मागियो । आहत बनेकी रविनाले काठमाडौंमा रहेका आफन्तमार्फत साइबर ब्युरोमा जाहेरी दिइन् । अनुसन्धान क्रममा प्रहरीले हेटौँडा पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गर्‍यो । अन्सारी तिनै व्यक्ति थिए, जोसँग विवाह गर्ने योजनामा रविना थिइन् ।

‘साइबर ब्युरोमा दर्ता भएका यी प्रतिनिधि घटना समकालीन नेपाली समाजको परिदृश्य नियाल्न काफी छन्, जहाँ आफन्तजन र नजिकका व्यक्तिबाटै महिला प्रताडित छन्,’ साइबर अपराधले परिवारमा ल्याएको दुष्परिणामतर्फ इंगित गर्दै एसएसपी अर्याल भन्छन्, ‘वास्तवमा यी घटनाले वर्तमान समाजको डरलाग्दो दिशा इंगित गर्छन् । यसलाई नियन्त्रण गर्न कानुनी उपचारबाट मात्र सम्भव छैन, हरेक व्यक्तिमा आत्मचेतना जगाउन आवश्यक देखिन्छ ।’

पहिलो निशानामा महिला
ब्युरोको पाँच महिनायताको तथ्यांक केलाउँदा महिलाहरू साइबर अपराधको बढी सिकार भएको देखिन्छ । तथ्यांकअनुसार यस अवधिमा महिला र पुरुषसँग सम्बन्धित एक हजार तीन सय २३ जाहेरी दर्ता भए, जसमा सात सय ७९ जना महिला पीडित भएका छन् । यो कुल संख्याको ५८ दशमलव ८८ प्रतिशत हो । घटनाबाट पीडित हुने पुरुषको संख्या पाँच सय ४४ छ । यो कुल संख्याको ४१ दशमलव ११ प्रतिशत हो ।

प्रहरीका अनुसार पोर्न साइटमा भिडियो अपलोड गर्ने, अश्लील तस्बिर बनाई भाइरल बनाउनेलगायत घटनाबाट महिला पीडित भएका छन् । पुरुष भने गाली बेइज्जतीजस्ता घटनाबाट ज्यादा पीडित देखिन्छन् ।

बालबालिका पनि प्रताडित
काठमाडौं कागेश्वरी मनोहरा–८ की एक बालिका अनलाइन कक्षा लिइरहेकी थिइन् । सोही क्रममा अपरिचित फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले एसेप्ट गरिन् । त्यसको केही दिनपछि इन्बक्समा अश्लील भिडियो आउन थाले । उनी आत्तिइन्, तर कसैलाई त्यसबारे बताइनन् ।

भिडियो आउने क्रम नरोकिएपछि उनले अभिभावकसँग हैरानी बताइन् । उनका अभिभावक स्थानीय प्रहरी कार्यालय पुगे । प्रहरीले अनुसन्धानका लागि साइबर ब्युरो पठायो । अनुसन्धान क्रममा भिडियो पठाउने सोही ठाउँका २१ वर्षीय नितेश भनिने प्रवीण ढकाल रहेको खुल्यो र उनी पक्राउ परे ।

यस्तै, दरबारमार्गकी स्कुले बालिकालाई पनि सामाजिक सञ्जालमार्फत अश्लील भिडियो आउन थाल्यो । हुँदाहुँदा बालिकाको परिचय खुल्ने गरी भिडियो पोस्ट हुन थाल्यो । कानुनी उपचारका लागि अभिभावकसँगै उनी पनि साइबर ब्युरो पुगिन् । अनुसन्धानपछि त्यसमा सिन्धुपाल्चोक चौतारा साँगाचोकका २० वर्षीय अखिल नेपाली संलग्न रहेको खुल्यो । उनी पक्राउ परे ।

‘पछिल्ला दिनमा अबोध बालबालिका पनि साइबर अपराधको सिकार भइरहेको यसबाट देखिन्छ । कतिपय घटना प्रहरीसम्म नआइपुगेका हुन सक्छन् । जति उजुरी आएका छन्, अभियुक्तहरू पक्राउ परेका छन् । प्रहरीलाई खबर गरिए यस्ता घटनाबाट मुक्त हुन सकिन्छ,’ एसएसपी अर्याल भन्छन् ।

ब्युरोको तथ्यांकअनुसार पाँच महिनामा साइबर अपराधबाट पीडित हुने १८ वर्षमुनिका बालबालिकाको संख्या ७१ छ । यो कुल संख्याको पाँच दशमलव ३६ प्रतिशत हो । बालक १९ र बालिका ५२ जना साइबर अपराधबाट पीडित बनेका छन् ।

मोबाइल कल्चरसँगै बढ्दो साइबर अपराध
नेपाल दूरसञ्चार प्राधिकरणको ०७७ भदौसम्मको तथ्यांकअनुसार मुलुकभर वितरित टेलिफोन संख्या करिब चार करोड पुगेको छ । त्यसमा मोबाइल सिम तीन करोड ६८ लाख ६६ हजार दुई सय ६० वटा वितरण भएका छन् । थ्रिजी इन्टरनेट प्रयोगकर्ता एक करोड १२ लाख दुई हजार दुई सय २१ र फोरजी प्रयोगकर्ता ५५ लाख १६ हजार चार सय ५४ छन् ।

यस तथ्यांकबाट मोबाइलमार्फत इन्टरनेट प्रयोगकर्ताको घनत्व देखिन्छ । त्यसबाहेक वाइफाई र केबलमार्फत पनि इन्टरनेट पहुँच बढ्दो छ । प्राधिकरणको तथ्यांकअनुसार मोबाइल र अन्य विधिमार्फत ०७७ भदौसम्म इन्टरनेट प्रयोगकर्ता संख्या दुई करोड २८ लाख ७९ हजार सात सय २७ पुगेको छ । तीमध्येका केही प्रयोगकर्ता साइबर अपराधमा संलग्न देखिन्छन् ।

तर, अझै बनेन साइबर कानुन
अहिले विद्युतीय कारोबार ऐन, ०६३ मार्फत साइबर अपराधका घटनामा कारबाही भइरहेको छ । ऐनको दफा ४७ सबैभन्दा बढी प्रयोग हुँदै आएको छ । तर, मोबाइल कल्चरसँगै बढ्दो साइबर अपराधलाई विद्युतीय कारोबार ऐनले समेट्न सकेको छैन ।

साइबर अपराधलाई नजिकबाट नियालिरहेका अधिवक्ता बाबुराम अर्याल पनि त्यसैमा जोड दिन्छन् । भन्छन्, ‘साइबर अपराधसँग सम्बन्धित सबै मुद्दामा विद्युतीय कारोबार ऐन आकर्षित भइरहेको छ । यसको अर्थ कारबाही गर्ने कानुन नै नभएको चाहिँ होइन । तर, त्यो पर्याप्त देखिँदैन । साइबर अपराधसम्बन्धी विधेयक ०७५ सालमै संसद्मा पेस भएको हो । तर, अझै पारित भएको छैन । उक्त विधेयक पारित भएर ऐन कार्यान्वयनमा आउन अत्यावश्यक देखिएको छ ।’

लोकसेवा आयोगकै सर्भर ह्याक
लोकसेवा आयोगको हवाला दिँदै कोभिड–१९ सँग जोडेर अचानक भ्रामक सन्देश प्रवाह हुन थाल्यो । सोही आसयको सन्देश नेपालस्थित विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमा पनि पुग्यो । त्यसबारे जानकारी पाएलगत्तै साइबर ब्युरोका अधिकारीले अनुसन्धान थाले ।

अनुसन्धान क्रममा आयोगको सर्भर नै ह्याकरको पन्जामा पुगेको खुल्यो । ह्याकरले नै आयोगको हवाला दिँदै भ्रामक सन्देश फिँजाएका रहेछन् । त्यसमा संलग्न ललितपुर महालक्ष्मी नगरपालिका–९ सानागाउँका २५ वर्षीय विवेक महर्जन पक्राउ परे । उनीसँगै १८ वर्षमुनिका दुई किशोर पनि संलग्न देखिए । प्रहरीले तीनैजनालाई पक्राउ ग¥यो ।

साइबर अपराधका पीडित
महिला ७७९
पुरुष ५४४
जम्मा १३२३

पीडित बालबालिका
बालिका ५२
बालक १९
जम्मा ७१

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies