Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

चीनसँग पारवहन सम्झौता भएको चार वर्ष बित्याे तर अझै कार्यान्वयनमा आएन

कोरोनाको बाहनामा उल्टै चीनले एक वर्षदेखि नाका बन्द गर्‍यो

काठमाडौं । प्रधानमन्त्री ओलीले चीनसँग को पारवहन सन्धि समुद्रसँग नेपालको पहुँचमा भारतमाथिको निर्भरता समाप्त भएको भन्दै ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन्, तर हालसम्म चीनतर्फबाट समुद्री पहुँच त टाढाको कुरा, एक वर्षदेखि रसुवागढी र तातोपानी नाका पनि सहज रूपमा खोलेको छैन  ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चैत ०७२ मा चीनसँग गरेको व्यापार तथा पारवहन सन्धिलाई आफ्नो मुख्य उपलब्धिको सूचीमा राख्दै आएका छन् । हरेकजसो सार्वजनिक मञ्चमा चीनसँग आफूले गरेको पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको उनी गर्वका साथ बताउँछन् । तर, सम्झौता भएको चार वर्ष बितिसक्दासमेत पारवहन सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन ।

चैत २०७२ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणको अवसरमा नेपाल र भारतबीच पारवहन सन्धिको सम्झौता भएको थियो । त्यसको तीन वर्षपछि वैशाख ०७६ मा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भयो । तर, प्रोटोकलमा हस्ताक्षर भएको डेढ वर्ष बितिसक्दासमेत सन्धि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रोटोकलमा उल्लेख भएअनुसार नेपाली व्यवसायीले थप नाका र सुक्खा बन्दरगाह उपयोग गर्न पाउनुपर्ने हो । चीनको समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसँग व्यापार समेत गर्न पाउनुपर्ने हो । तर, अहिले भएकै नाका समेत उपयोग गर्न पाएका छैनन् ।

चीनसँग भएको पारवहन सन्धि र त्यसको प्रोटोकलमा भएको हस्ताक्षरपछि नेपालले समुद्रसँगको पहुँचका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको विकल्प पाएको थियो । तर, उक्त विकल्पको प्रयोग भने हुन सकेको छैन । चीनतर्फको पारवहन सन्धिले दिएको सुविधाको उपयोग त परेको कुरा, विद्यमान सम्झौताअनुसारको नाका समेत प्रयोग गर्न नसकिएको एक व्यवसायीले बताए । पछिल्लो एक वर्षदेखि चीनतर्फको नाका आंशिक र एकतर्फी रूपमा मात्रै चलेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले कोभिडले निम्त्याएको परिस्थितिका कारण चीनसँगको पारवहन सन्धि कार्यान्वयनमा आउन नसकेको बताए ।
‘सन्धि भनेको आजको भोलि नै कार्यान्वयनमा आउने होइन,’ द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखसमेत रहेका दाहालले भने, ‘प्रोटोकलमा हस्ताक्षर भइसकेको छ, त्यसअनुसार दुवै मुलुकमा संयन्त्र बनिरहेको छ, कोभिडको अवस्था सामान्य भएपछि सन्धि कार्यान्वयनमा आउँछ ।’

चीनले ‘जिरो कोभिड पोलिसी’ लिएका कारण चीनतर्फका दुवै नाका आंशिक र एकतर्फी मात्रै चलिरहेको दाहालले बताए । यद्यपि, नेपालले नाका दुईतर्फी सञ्चालनका लागि विशेष पहल गरिरहेको उनले बताए ।

दुई देशीय मार्गप्रति नकारात्मक टीका–टिप्पणी
यसअघि नेपाल–चीन उद्योग वाणिज्य संघले गत २० कात्तिकमा विज्ञप्ति जारी गर्दै तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रूपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रिरहँदा व्यवसायीहरू नराम्ररी प्रभावित हुनुका साथै दुई देशबीचको सम्बन्धमै टीका–टिप्पणी हुन थालेको औँल्याएको थियो ।

‘व्यवसायीले दुई देशबीच सडकमार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन्, दुई देशबीच विद्यमान सदीयौँ पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी आउनु तथा आन्दोलित हुने वातावरण कदापि आउन दिनहुँदैन,’ संघले उल्लेख गरेको थियो, ‘द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायमार्फत यथाशक्य छिटो पहलका लागि संघ विशेष अनुरोध गर्दछ ।’

दसैँअगाडि नै नाका पूर्ण रूपमा सुचारु हुने भनिए तापनि चिनियाँ पक्षले रसुवा र तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । चीनले कोभिडका कारण एकतर्फी रूपमा मात्रै नाका सञ्चालन गरेका कारण निर्यात हुन नसकेको उनले जानकारी दिए । व्यवसायीहरूले नाका दुईतर्फी सञ्चालन हुनुपर्ने, निर्यात पनि खुला गरिनुपर्ने माग राखे पनि पूरा नभएको उनले बताए ।

पाँच महिनामै ७७ अर्बको व्यापार घाटा
नाका एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदा चीनसँगको नेपालको व्यापार घाटा चुलिएको छ । पछिल्ला पाँच महिनामा नेपालले चीनसँग कुल १ खर्ब १६ अर्ब १६ करोडको व्यापार गरेको छ । चीनबाट नेपालले ७७ अर्ब ४६ करोड रुपैयाँको सामग्री आयात गरेको छ । नेपालले भने ३८ करोड ७० लाख रुपैयाँबराबरको मात्रै निर्यात गर्न सकेको छ ।

उत्तरी छिमेकीसँगको व्यापारमा नेपालले ७७ अर्ब ७ करोडको नोक्सान व्यहोरेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६–७७ मा नेपालमा चीनबाट कुल १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँबराबरको सामग्री आयात गर्दा १ अर्ब १९ करोड ११ लाख रुपैयाँबराबरको निर्यात गरेको छ । यस अवधिमा नेपालले कुल १ खर्ब ८० करोड ७२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

आयात न्यून, निर्यात शून्य
पछिल्ला पाँच महिनायता नेपालमा चिनियाँ नाका हुँदै झन्डै ६ अर्ब रुपैयाँबराबरका सामग्री भित्रिए । तर, नेपाली वस्तुले निर्यातका लागि चिनियाँ मार्ग उपयोग गर्न पाएनन् । यो पाँच महिनामा चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा नेपालले १ रुपैयाँको पनि निर्यात गर्न सकेन ।

चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेपछि चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा निर्यात गर्नबाट नेपाल वञ्चित भएको छ । सञ्चालनमा रहेका उत्तरतर्फका दुई नाका रसुवा र तातोपानीबाट आयात भने भइरहेको छ । चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेको झन्डै एक वर्ष पुग्न लागिसकेको छ ।

कोभिड सुरु भएपछि माघ ०७६ देखि नेपाल–चीन व्यापार प्रभावित भयो । लकडाउन भएपछि व्यापार ठप्प नै भयो । लकडाउनकै बीच नेपाल–चीनबीचको नाका व्यापारिक प्रयोजनका लागि खोल्ने निर्णय भयो । तर, चीनले नाका एकतर्फी मात्रै खोल्यो । नेपाली व्यवसायी तथा मजदुरलाई मात्रै होइन, नेपाली कन्टेनर र मालवस्तुलाई पनि चीनले प्रवेश दिएन ।

चालू आर्थिक वर्षको पाँच महिना (मंसिर मसान्त) सम्ममा रसुवा नाका हुँदै नेपालमा ५ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको सामग्री भित्रिएको छ । त्यस्तै, तातोपानी नाका हुँदै ७९ करोड ७६ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवाबाट हुने निर्यात शून्य छ । त्यस्तै, गत आवको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि तातोपानी नाकाबाट समेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies