Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेकपा विभाजन : प्रदेशमा सकस

काठमाडौं। सत्तारुढ दल नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट बढेको छ । बागमती प्रदेशपछि आइतबार दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ओली समूहका मुख्यमन्त्री राई भने अन्य दलसँगको सहकार्यमा बहुमत जुटाउने तयारीमा देखिएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मुख्यमन्त्री राईले शनिबार साँझ मात्रै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । तिनै आङ्बो प्रस्तावक रहेर मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । दाहाल–नेपाल समूहका एक मन्त्री र दुई राज्यमन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन् । जसमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वास छन् ।

मन्त्रीको बर्खास्ती, राजीनामा र अविश्वास प्रस्ताव दर्तापछि प्रदेश १ मा कसले बहुमत पु¥याउने भन्ने जोडघटाउ सुरु भएको छ । दुवै समूहले भेला र छलफल आइतबारदेखि बाक्लै गर्न थालेका छन् । दाहाल–नेपाल समूहबाट मुख्यमन्त्री प्रस्तावित भीमप्रसाद आचार्य आफ्नो पक्षमा अझै सांसद जोड्न र अन्य दललाई फकाउन लागेका छन् । आचार्यले आइतबार विराटनगरमा आफ्नो समूहमा छलफल चलाए । ‘म अहिले मिटिङमा छु, पछि कुरा गरौँला’, घटनाक्रमका विषयमा जिज्ञासा राख्न सम्पर्क गर्दा आचार्यले भने ।

ओली पक्षका मुख्यमन्त्री राई अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने सांसदको विवरण निकाली आफ्नो पक्ष बलियो बनाउन लागेका छन् । उनले अविश्वास प्रस्ताव दर्ता गर्ने समूहले सोचेजस्तो सहजै आफ्नो पक्षमा कम सांसद नरहेको दाबी गरे । ‘त्यति सहजै उहाँहरूको बहुमत पुग्दैन’, उनले भने, ‘म यसको पुष्टि प्रदेशसभा बैठकमा गर्छु ।’

३७ सांसदले मुख्यमन्त्रीले प्रदेशका जनताको अपेक्षाअनुसार काम नगरेको, कोरोना महामारीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी उचित राहत प्याकेज नल्याएको, महँगा गाडी खरिदमा लागेको, भ्रष्टाचारलाई संस्थागत गर्न लागेको आरोप लगाएका छन् । राजीनामा दिएका र पदमुक्त भएका मन्त्री प्रस्तावका प्रस्तावक र समर्थक बनेका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि दाहाल–नेपाल समूहमा ४८ सदस्य रहेको दाबी सो पक्षको छ । ओली समूहले पनि आफ्नो पक्षमा कम्तीमा २८ सदस्य रहेको दाबी गरेको छ । प्रदेशसभामा कांग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सदस्य छन् ।

मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्ने प्रतिक्रिया दिएका छन् । यो प्रस्तावले आफू नआत्तिएको उनले सुनाए । ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रूपमा आक्रमण भएको हो’, उनले भने, ‘म यसको सामना आरामले गर्छु ।’

उनले अविश्वास प्रस्ताव प्रदेशमाथिकै आक्रमण भएकाले यसलाई सांसदहरूले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास व्यक्त गरे । ‘केही सांसदको हस्ताक्षरले म आत्तिएको छैन । विवेक भएका माननीय सदस्य प्रदेशसभामा हुनुहुन्छ’, उनले भने, ‘यो चालबाजीलाई उहाँहरूले बुझ्नुभएको छ र उहाँहरूको साथ मलाई अवश्य हुन्छ ।’

उनले प्रदेश सरकार अक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभई कसैद्वारा निर्देशित भएर अविश्वासको प्रस्ताव दर्ता भएको बताए । ‘यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र एउटा खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता र अव्यवस्था निम्त्याउने साथै संघीयतालाई संस्थागत गर्न नदिने भन्ने मनसायबाट आएको हो,’ उनले भने, ‘यसको छिनोफानो अब बस्ने प्रदेश सभाले गर्नेछ ।’ आपूmविरुद्ध लागेको आरोपको माघ ७ गते बस्ने प्रदेशसभा बैठकमा मज्जाले जवाफ दिने उनले बताए ।

दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता नगरी आइतबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरेको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसलाई सामना गर्न त्यसअघि नै मुख्यमन्त्री राईले आफ्नो प्रस्तावमा उक्त निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष प्रस्ताव गरेका थिए । आफू आत्तिएर नभई नीतिगत र कानुनसंगत रूपमा सामना गर्न प्रदेशसभा बैठक डाक्न मन्त्रिपरिषद्ले निर्णय गरेको उनले सुनाए । अब प्रदेशसभा बैठक माघ ७ गते दिउँसो २ बजे बस्नेछ । प्रदेशसभाको यसअघि छैटौं तथा बजेट अधिवेशन साउन ९ गते बसेर अन्त्य भएको थियो ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बहुमत जुटाउन लागेका छन् । नेकपाको दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार बिहान प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै मुख्यमन्त्री पौडेलले कांग्रेसलाई सत्ता समीकरणमा सहयोग गर्न प्रस्ताव गरेका थिए ।

काठमाडौंमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसे पनि सरकारमा जाने–नजाने निर्णय गर्न सकेन। बैठकले पार्टी केन्द्रसँग परामर्श गरी सरकारमा जाने–नजानेबारे टुंगो लगाउन प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलाई जिम्मा दिएको कांग्रेस प्रदेशसभा सदस्य सन्त चेपाङले बताए ।

नेता बानियाँले आफूलाई मुख्यमन्त्री बनाउन पौडेलसमक्ष प्रस्ताव गरेका छन् । तर, मुख्यमन्त्री पौडेल भने सहजै कांग्रेसलाई मुख्यमन्त्री छाड्ने पक्षमा देखिँदैनन् । ‘हामीले आन्तरिक मामिलासहित अन्य मन्त्रालय रोजेर लैजान कांग्रेससँग प्रस्ताव गरेका छौं’, प्रदेशका एक मन्त्रीले भने, ‘तर, कांग्रेसले कुनै निर्णय दिन सकेको छैन ।’

कांग्रेस सरकारमा जाने–नजाने केन्द्रीय कार्यसमितिको निर्देशन कुरेर बसेको छ । नेकपाका ओली र दाहाल–नेपाल दुवै समूहसँग सत्ता साझेदारीबारे छलफलमा रहेका बानियाँ यसबारे बोलेका छैनन् ।

कांग्रेसले तत्कालै निर्णय दिन नसकेपछि मुख्यमन्त्री पौडेल दाहाल–नेपाल समूहका केही प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा ल्याउने कसरतमा जुटेका छन् । ‘अविश्वास प्रस्तावमा ४५ जनाको हस्ताक्षर भए पनि अर्कै सन्दर्भमा पहिला नै गरिएको हस्ताक्षर त्यहाँ प्रयोग गरिएको छ’, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले भने, ‘केही सांसद हामीतिरै फर्कंदै हुनुहुन्छ । मुख्यमन्त्री पौडेलकै सरकार बाँकी समय पनि सञ्चालन हुन्छ । अष्टलक्ष्मी शाक्य भित्ते मुख्यमन्त्रीमै सीमित हुनुहुन्छ ।’

मुख्यमन्त्री पौडेल दाहाल–नेपाल समूहबाट कम्तीमा पाँच प्रदेशसभा सदस्य आफ्नो पक्षमा ल्याउने र साना दल मिलाएर सत्ता टिकाउने कसरतमा रहेको स्रोतको दाबी छ । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेको नेकपाका प्रदेशसभा सदस्य दीपक निरौलाले बताए । ‘हामीले यहाँ तल गर्न सक्ने सत्ता समीकरणको प्रयास पनि भइरहेको छ’, निरौलाले भने, ‘तर, केन्द्रको निर्देशन नै निर्णायक हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies