Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो

\"\"
.

बेरुत । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् ।

उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिएको बताइएको छ ।गएको सोमबार जहाजबाट लेबनान आएका ती नागरिकमा यो संक्रमण भेटिएको थियो ।

त्यसपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको पनि स्वास्थ्य मन्त्री हसनले जानकारी दिएका हुन् । ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्री हसनले सो कुरा ट्वीटमा जानकारी दिएका छन् ।

केही समयअघि मात्र बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ ।यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको छ ।

उनलाई उनकै घरमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ । सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गएको बुधवारदेखि नै बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउने बारेमा नीति बनाएको थियो ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरु आइरहेका छन् ।यसपछि विश्वका थुप्रै देशहरुले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies