Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो

मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । उनका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो ।

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी साधन पुग्न सकेको छैन । कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो ।

“नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो”, अध्यक्ष शाहीले बताए, “सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो ।”

गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ । साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जीपलाई स्थानीयवासीले स्वागत गरेका थिए ।

स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ । गाउँपालिकाको जनसङ्ख्या दुई हजार ४४२ घरधुरीमा १४ हजार ९०९ रहेको छ । गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies